अपडेट 
२०७९ बैशाख २२, बिहीबार १६:१८

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा सर्बाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश शुष्मलता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको हो ।

बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षिय बहस भएको थियो सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरित बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो दिनमै सरकारी पक्ष हस्तक्षेप बहसका लागि पुगेपछि दोहोरो सुनुवाइ भएको हो । सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खातीसहितको टोलीले सरिक हुन पाउ भनि निवेदन दिँदै शुरुकै दिन बहस गरेका थिए। निवेदकहरुको बहसपछि उनीहरुले अन्तरिम आदेश जारी गर्न नहुने भनि बहस गरेका थिए ।

पहिलो दिन धेरै कानुन व्यवसायी भएपछि बहस बाँकी रहेकाले हेर्दा हेर्दैमा राखिएको थियो । बिहीबार निवेदक पोखरेलका पक्षबाट जवाफी बहस भएको थियो । जवाफी बहसका क्रममा पोखरेल आफैंले पनि आफ्नो कुरा राखेका थिए । सवै पक्षको बहसपछि सर्वोच्चले यस्तो आदेश सुनाएको हो ।

Comment


Related News