अपडेट 
२०७९ बैशाख २३, शुक्रबार ०७:१२

माहौल चुनावी भै सकेको छ । यसै महिनाको अन्तमा स्थानीय तहको चुनाव हुन्छ । दलहरुले आ– आफ्ना अविश्वनीय घोषणा पत्रहरु भनौ वा संकल्प पत्रहरु प्रकाशित गिरी सकेका छन । माहौल तात्दैछ । उम्मेदवारी दर्ता गर्दा दलहरुको झण्डा बोकेका समूहहरु देखिएका छन । तर के यी समूहहरुमा स्वतन्त्र जनता कति थिए भन्न गाह्रो छ । झण्डा बोकेका समूहमा मात्र आफ्नो उम्मेदवारले जितेपछी केही पाउँछु भन्ने आश बोकेका दलका कार्यकर्ता मात्र भएको अनुमान गर्न गाह्रो पर्दैन । नेताहरु उम्मेदवारहरु कस्ता छन भन्दा कुर्सी र पदको लागि भरीहते गर्नेहरु छन । एक दलबाट टिकट नपाए अर्को दलमा जाने त्यसमा पनि नपाए स्वतन्त्र भै लड्ने मनसाय बोकेका नेताहरु प्रशस्त छन । यस्ता नेता कार्यकर्ताहरु जनताको के भलो चिताउछन सहजै अनुमान गर्न सकिन्छन ।

देशमा एक राजा गएपछि अनेक राजाहरुको उदय भएको छ । नेताहरु त जीतछन नै, हार्छन जनता । भाषण र आश्वासनको भरमा जनता आफ्नो कष्टमय जीवन विताउन बाध्य हुन्छन । आकासिलो महगी, बेरोगारी यस्तो कि विदेशमा गएर आफ्नो ज्यान जोखिममा पार्ने मात्र होइन ज्यान गुमाउन बाध्य छन । शिक्षाको अव्यवस्था, यस्को व्यापारीकरण, स्वास्थ्य क्षेत्रमा चिकित्सकहरुको मनपरी तन्त्र, जनता यो अवस्थाबाट पिल्सीएका छन तर नेताहरुलाई यसबाट के फरक परेको छ र ? यिनीहरुका सन्ताननहरु विदेशमा सजिलोसँग पढन पाइरहेका छन, विदेशमा आफ्नो सानो तिनो रुघा खोकीको उपचार गराउन पाइरहेका छन । जनताका सन्तानहरुको आफ्नो देशको सामान्य तलको स्तरको शिक्षा पाउन बाध्य छन । यिनीहरुलाई विदेशमा पढन जान विदेशी दूतावास देखि आफ्नो देश स्थित अनेक समस्याको सामना गर्नुपर्ने सामान्य कुरा छ । स्वास्थ्यको क्षेत्रमा आफ्नै देशमा महगो उपचार गराउन बाध्य जनता कहिले कोही चिकित्सकको लापरवाही एवं समुचित उपचारको अभावमा ज्यान गुमाउनु सामानय कुरा भै सकेको छ । मनोनयन दर्ता गराउँदा भन्दा बोक्ने ठूलो हुजुम किन देखिन्छ भन्दा यी हुजुमका सहभमागीहरु सबै एकै दलका हुन्छन जसको उम्मेदवार मनोनयन दर्ता गराउँदा हुन्छ । यसको कारण यो पनि छ कि कुनै पनि दल सतामा पुगेपछि वा कुर्सीमा विराजमान भएपछि दल भन्दा बाहिरका जस्तो सुकै योग्य र इमान्दार व्यक्ति भएपनि कुनै पनि लाभको पदमा राम्रा भन्दा हाम्रा व्यक्तिलाई राखिन्छ यसमा हाम्रामा आफ्ना सो नभए आफ्ना दलका व्यक्तिहरुलाइृ राख्ने गरिएको छ । लाभको पदमा आफ्नो व्यक्ति भएपछि अनेक प्रकारको लाभको श्रोत खुल्छ जो सर्वविदित नै छ ।

नेताहरु धनाढय भै रहे छन भने जनता गरीवबाट निर्धन भै रहे छन । जनतालाई आफ्ना नेताहरुमा अब विश्वास रहेन । नेताहरु जनताको नाममा जनतालाई नै ठगी रहेका हुन्छन । यो कुरा जनतालाई थाहा हुन्छ । सबै कुरा थाहा हुँदा हुँदै पनि जनता भोट हाल्छन, आँखा चिम्लेर । राष्ट्रिय महत्वका व्यक्तिहरु जसले अनेक पुरस्कार र सम्मान देश भित्र र देशबाट बाहिरबाट पनि पाइ रहेका छन । यस्ता राष्ट्रिय महत्वका व्यक्तित्वहरु एवं राष्ट्र सेवकहरु प्रति राष्ट्रको केही जिम्मेवारी हुँदैन । यस्ता व्यक्तित्वहरु जस्तो सुकै गम्भीर रोगबाट पिडीत भएपनि हार गुहार गर्दा प्रधानमन्त्री कार्यालय र मन्त्रालय समेतमा निवेदन समेत दिंदा कुनै सुनुवाई नै हुँदैन । किनकि यस्ताको राष्ट्रिय महत्वको व्यक्ति नेता मन्त्री अथवा सचिव हुँदैन । तर नियम यस्तो छ कि यस्ता व्यक्तित्वलाई कुनै कठिन रोगको उपचार गराउनु परेमा रु. सातलाख सम्म सरकारबाट प्रदान गर्न सकिनेछ भन्ने उल्लेख भएपनि सरकारको खाने दाँत र देखाउने दाँत भिन्दा भिन्दै रहेको छ । यो हो नव नेपालको नव लोकतन्त्र । मधेश प्रदेशको नामाकरण मधेश प्रदेश गरेर नेताहरु दंग छन । तर उनीहरु यो विर्सन छन कि मधेश यो आठ जिल्ला मात्र हो र ? यस प्रदेशको नाम मिथिला मधेश, मिथिला भोजपुरा आदि मिथिलासँग जोडिएको कुनै नाम राखेपछि मिथिलाको ऐतिहासिक सांस्कृतिक महत्वलार्इृ जोगाउन सकिन्थ्यो तर सो भएन । यो मिथिला भोजपुरा प्रदेश राजनीतिको चपेटामा प¥यो । मधेश प्रदेशको पूर्वमा पनि मधेश छ भने पश्चिममा पनि मधेश छ तर मधेशलाई आठ जिल्लामा सिमित गरिएको प्रति नेता हृदयेश त्रिपाठीको यो भनाइ कि म पनि मधेशी नै हो, मधेश प्रदेश नामाकरण प्रति ठूलो व्यंग्य हो । अर्थान मधेशीले पनि मधेशमा म पनि मधेशी हुँ भन्नुपर्ने अवस्था आएको छ ।

योहो मधेश प्रदेश नामाकरणको प्रभाव । साहित्यिक सांस्कृतिक क्षेत्र प्रदेश सरकारबाट उपेक्षितावस्थामा नै रहेको देखिएको छ । माननीय मुख्य मन्त्रीज्यूबाट कैयौं पटक चाँडै प्रज्ञाप्रतिष्ठानको स्थापना हुन लागेको घोषणा त गरियो तर आजसम्म त्यो घोषणा मै सिमित हुन पुगेको छ । एउटा कथामा भनिन्छ एउटा सभामा एउटी महिलाले आइ कंसीभ, आइ कंसीभ, आइ कंसीभ भनिन अनि एउटा दर्शकले आफ्नो ठाउँबाट उठेर भने “मैडम यू कंसीभड थ्राइस बट प्रोडयुस्तुनर्थीग” । यही अवस्था हाम्रा नेताहरु को हो । रेलको निर्माण प्रारम्भ गर्दा तीन वर्षभित्र यस जनकपुरको पटरीमा रेल दगुडछ भनियो तर लगभग एकदशक लाग्यो जनकपुरको रेल संचालन हुन । जनकपुर नगरको सड़क सुधार ढ़ल आदिकोव्यवस्थाको योजना अनंतकालसम्म चलने हो कि जस्तो लाग्छ । अहिले सामान्य वर्षा हुँदा पनि टोल टोलमा घर घरमा पानी पस्छ । यसको जिम्मेवारी कसले लिने ? जताततै फोहर देखिन्छ । पर्यटनको लागि आकर्षक भाषण त गरिन्छ तर यस्ता समस्याहरुको तिरबाट आँखा चिम्लिनु उचित छैन । पर्यटनको कुरा गर्दा पर्यटकहरुको वासलाई लभ्याउने कुनै योजना देखा पर्दैन । कोरोनाको लहर आएको बखत अनाहकमा कतिले ज्यान गुमाउनु प¥यो । कोभिड–१९ को जाँचको लागि जहाँ जाँच हुन्छ पुग्नुपर्ने र जाँच नगराए काभिड–१९ भएको मान्यता नपाउने भएपछि रोग ग्रस्तहरु रिक्शा वा एम्बुलेन्सको सहारा लिनु पथ्र्यो त्यसका चालकहरु यथाभावी चर्को मनपरी भाड़ा लिने गरेको देखियो ।

त्यस्ता भाडा तीर्न न सक्नेले उपचारबाट वंचित भएको र ज्यान पनि गुमाएको देखियो । सरकारी अस्पतालमा एम्बुलेन्समा जाँदा एम्बुलेन्सबाट उतारेर भित्र बेड सम्म लग्ने आफन्त नभएको रोगीको घंटौ एम्बुलेन्समा नै बस्न बाध्य भएको आज पनि देखिनछ । कोभिड–१९ को औषधीको अभावको कारण त्यो औषधी पाउन सोर्स नै लगाउनुपर्ने भएको अवस्था थियो । तर टोल टोलमा घर घरमा पुगेर कोभिड–१९ को जाँच गरी औषधी उपलव्ध गराइ जनतालाई मर्नबाट बचाउन कतैबाट व्यस्था भएको पाइएन । तर नेता अस्पतालमा जहिले पनि बेड खाली र उपचारको सुविधाको असुविधा भएन । जनता त जनार्दन नै हुन यसले कता के भइ रहेको छ थाहा पाइ हाल्छन नै ।

Comment


Related News

Latest News

Trending News