जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् ।
उनले विहीबार जकपुरधाममा पत्रकार सम्मेलन मार्फत आफ्नो ११ बुँदे प्रतिवद्धता– पत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार साहले जनकपुरधामको समग्र विकासको लागि ईमान्दार प्रयास गर्ने बताए । शिक्षा,स्वास्थ्य मात्र नभइ ,युवा ,वेरोजगार तथा खेलकुद लगायतको क्षेत्रमा परिवर्तन गर्ने भिजन आफूको रहेको र सोको लागि यहाँका नागरिकको प्रत्यक्ष सहभागितामा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । नगरका आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल््याइने, आफू निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर संकलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने लगायतको विषयहरु प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=2s


