२०७९ बैशाख २३, शुक्रबार ०७:१८

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर धनुषाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका १८ वटै पालिकामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न तथा भयरहित वातावरण चुनाव गराउन सुरक्षाका विभिन्न रणनीतिहरु अपनाएका छन् । चुनावलाई भयरहित र धाधली रहित बनाउने व्यापक मात्रमा प्रहरी परिचालन गरेको छ । जिल्लामा ३ हजार १ सय म्यादी प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषासंग रहेका कुल प्रहरीको ९० प्रतिशत प्रहरी चुनावी सुरक्षा खटाइने छ । त्यसबाहेक थप ८ सय ८७ नेपाल प्रहरी मतादन भन्दा एक दिन अघि देखि मतगणना सम्म खटाईने जिल्ला प्रहरी कार्यालय निर्वाचन सेलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपक रायले बताए । त्यसैगरी जिल्लामा रहेका ३ सय २३ मदतान स्थल र ५ सय ९६ मतदान केन्द्रको वरिपरि नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिने रणनीति रहेको छ । त्यस्तै जिल्लामा रहेको ३ सय २३ वटा मतदान केन्द्रलाई समान्य, संवेदनशील र अत्ति संवेदनशील गरी तीन भागमा बाँडिएको उनले बताए ।

प्रहरीका अनुसार धनुषामा १ सय ८३ अत्ति संवेदनशील, १ सय १६ संवेदनशील र २४ वटा सामान्य मतदान केन्द्र रहेको छ । यता निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै मतदान हुनु भन्दा ७२ घण्टा अगाडि नेपाल भारतको सील गरिनेछ । त्यसका लागि वैशाखको पहिलो सप्ताह मै भारतीय सुरक्षा अधिकारीहरुसँग भारतको जयनगरमा क्रशबोर्डर बैठक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको थियो ।

Comment


Related News

Latest News

Trending News