२०७९ बैशाख २३, शुक्रबार ०७:३७

गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एसका जय प्रकाश साहले पूर्व मेयर सन्तोष मेहताले नगरपालिकामा भ्रष्टाचार बाहेक केही पनि नगरेको आरोप लगाएका छन् ।

चुनावी प्रचार प्रसारको क्रममा उम्मेदवार साहले विपक्षमा रहेकी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार कौशल्या देवी सिन्हाले पनि मेहता संग मिलेर अनियमितता गरेको आरोप समेत लगाए । मेयर मेहताले विकास निर्माणका लागि संघीय सरकारबाट आएको ५ करोड रुपैयाँ मध्ये १ करोड ५० लाख रुपैयाँ अनियमिता गरेकोले त्यसको विरुद्ध अदालतमा मुद्दा हालेको र सो मुद्दा विचाराधीन रहेको जानकारी दिए । विकास र समृद्धिको लागि आफू चुनावी प्रतिस्पर्धामा आएको बताउँदै साहले इशनाथ नगरपालिकामा नेकपा एसको जित हुने दाबी गरे । नेपाली कांग्रेसका उम्मेदवार अन्जु झा , लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कौशल्या देवी सिन्हा र नेकपा एमालेका उम्मेदवार सन्तोष मेहता बीच प्रतिस्पर्धात्मक अवस्था रहेको स्थानीयहरुले बताउँछन् ।

Comment


Related News

Latest News

Trending News