२०७९ बैशाख २४, शनिबार ०७:००

रौतहट जिल्लाको गरुडा नगरपालिका–र ३ मा नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका सदस्यहरु मतदाताहरुको घर दैलोमा पुगेर आफ्नो पक्षमा मत माग्ने कार्यलाई निरन्तरता दिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले वडा सदस्यमा उम्मेदवार बनाएको भरोसी सहनी र दलित महिला सदस्य सोमरिया देवी बैठाले घर घरमा पुगेर मत किन र कसलाई दिने भन्दै मतदातालाई रिझाउने कार्य तीव्र पारेका छन् । मतदान अमूल्य रहेकोले आफूले मन परेको र विकास निर्माण तथा नागरिकको सुख दुखमा साथ दिने खालको प्रतिनिधि छनौट गर्नु पर्ने सुझाव उहांको रहेको छ । निर्वाचनमा कसैको दवाव ,प्रलोभन ,दर ,धम्कि त्रासमा नपर्न समेत आग्रह गरिन् । रौतहटको १८ पालिकाको १ सय ५७ वडा हरुमा महिला सदस्यहरुको उम्मेदवारी परेको भएपनि महिलालाई मत माग्न धेरै चुनौतीको सामना गर्नु पर्ने महिला वडा सदस्य सोमरिया देवी बैठाले बताइन् । राजनीतिकमा अपांगता भएका व्यक्तिको पहँुच , महिलाको पहँुच समान रुपमा हुनु पर्ने पर्चा पम्प्लेट वितरण गर्दै महिलाहरुलाई महिलाको पक्षमा मतदान गर्न आग्रह समेत गर्ने गरेको छ । नेपालको संविधानमा महिलाहरुको सहभागिता समान रुपमा हुनु पर्ने उल्लेख भएपनि राजनीतिक दलका नेताहरुले नेतृत्व तहमा अहिले पनि महिलाको पहँुच सहज नबनाएको गुनासो उनको छ । रौतहटमा विगतको निर्वाचन भन्दा बढी यसपालिको निर्वाचनमा प्रमुख तहमा महिलाहरु बढी उम्मेदवार भएको देखिएको छ ।

उपप्रमुख सम्म उम्मेदवार बनाउने राजनीतिक दलको सोँचलाई बदल्ने प्रयास महिलाहरुले गरेको भएपनि वडा अध्यक्षमा महिलाको उम्मेदवारी न्यून देखिएको छ । राजदेवी नगरपालिकामा अंशु सिंह , गौर नगरपालिकामा जनता समाजवादी पार्टीबाट किरण ठाकुर , इशनाथ नगरपालिकामा नेपाली कांग्रेसबाट अन्जु झा , लोकतान्त्रिक समाजवादी पार्टीबाट कौशल्या देवी सिन्हा , राजपुर नगरपालिकामा नेकपा एमालेबाट सुर्मिला कोइराला , माधव नारायण नगरपालिकामा नेकपा एमालेबाट सिमल कुमारी साह पालिका प्रमुखमा आफ्नो साहसी कदम चाल्दै प्रमुख पदको उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा देखिएका छन् । गौर , राजदेवी , इशनाथ , राजपुर र माधव नारायणमा महिला उम्मेदवारहरु सम्मानजनक चुनावी प्रतिस्पर्धामा देखिएका छन् । ५० प्रतिशत महिलाको हरेक क्षेत्रमा सहभागिता हुनु पर्ने कानूनी अवधारणा भए पनि राजनीतिक , आर्थिक ,सामाजिक ,रुपमा निर्णायक तहमा महिलाहरुको सहभागिता न्यून देखिएको मेयर पदका उम्मेदवार अन्जु झाले बताए । मधेश प्रदेशको ८ जिल्लाको १५९ स्थानीय तहमा नेपाली कांग्रेसबाट एक मात्र महिला उम्मेदवार आफू भएको बताउँदै पार्टीले गरेको विश्वास प्रति खरो उत्रिने दाबी उनको रहेको छ ।

महिलाहरुले आफ्नो मन ,सम्मान , सहभागिताको लागि महिला उम्मेदवार जिताउनुको विकल्प नरहेको जिकिर झाले गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News