अपडेट 
२०७९ बैशाख २४, शनिबार ०७:१७

विवेकशील साझा पार्टीका राष्ट्रीय अध्यक्ष रवीन्द्र मिश्रले गलत राजनीतिज्ञका कारण दिनप्रतिदिन देश दुर्घटनामा फस्दै गएको बताएका छन् ।

गलत व्यक्तिको हातमा पटक–पटक देशको नेतृत्व जाँदा देश अहिंसा र अनिर्णयको भुमरीमा फसेको उनले आरोप लगाएका छन् । चुनावी प्रचार प्रसारको क्रममा मंगलबार रौतहटको गरुडा आएका विवेकशील साझा पार्टीका राष्ट्रिय अध्यक्ष मिश्रले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले पटक पटक सरकारको नेतृत्व गरेपनि देशमा बदलाव र परिवर्तन ल्याउन नसकेकोले देशलाई निकाश दिन आउँदो स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टी जित्नुको विकल्प नरहेको बताए । एमाले, कांग्रेस, माओवादी लगायतका दलले कुनै पनि हालतमा देशलाई निकाश दिन नसकिने दाबी गर्दै अध्यक्ष मिश्रले देशको विकास र परिवर्तनका लागि आउँदो चुनावपछि विवेकशील साझा पार्टीले सरकारको नेतृत्व गर्नुको विकल्प नरहेको बताए । उनले सत्ता पक्षले सरकार छ भन्ने अनुभूति जनतालाई दिन नसकेको र प्रतिपक्ष आफ्नो भूमिकाबाट चुकेको टिप्पणी गरे ।

परम्परागत राजनीतिक दलले मुलुकलाई गरिबी, भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फसाएकाले अब त्यसलाई विवेकशील साझा पार्टीले मात्र तोड्ने दाबी उनले गरे । नेपालमा वर्षौंदेखि अभ्यास गरिरहेका दलहरुले जहिले पनि शासन प्रशासनमा गएर राज्य दोहन गरेको उनले बताए । विकासको नाममा पटक पटक सातामा पुगेका दलहरुले देशलाई लुट्ने बाहेक अरु केही गर्न नसकेकोले देशलाई बर्वाद गर्ने कांग्रेस, एमाले, माओवादी लगायत दललाई नेपाली जनताले आउँदो निर्वाचनमा राम्ररी सबक सिकाउनु पर्ने बेला आएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News