२०७९ बैशाख २४, शनिबार ०७:२०

पार्टीकै सहकर्मीले दुव्र्यहार गरेको भन्दै सप्तरीको तिरहुत गाउंपालिकाका दुई जना वयोवृद्ध नेताले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् ।

जसपा गाउंपालिका कमिटीका सल्लाहकारद्वय ७५ वर्षीय गणेशलाल साह र ७८ वर्षीय चक्रधर प्रसाद देवले पार्टी परित्याग गरेका हुन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टी परित्यागको घोषणा गरेका छन् । उक्त गाउंपालिकाको ( ३ मा जसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवचन्द्र मगरैता यादवले आफूहरुमाथि दुव्र्यहार गरेको स्थानीयको आरोप छ । ‘चुनावी सन्दर्भमा छलफल पश्चात् उनका साथी चक्रधर देवको घरमा विश्राम गरिरहेका बेला अचानक विहीबार मध्य रातमा यादवको नेतृत्वमा २०÷२५ जनाको समूहमा आएकाहरुले आफूहरुलाई गाली गलौजसहित दुव्र्यहार गरेकाले आजैको मितिबाट उक्त पार्टी परित्याग गरेको उनीहरुद्वारा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News