अपडेट 
२०७९ बैशाख २४, शनिबार ०७:२६

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निहित स्वार्थका लागि पार्टी छोडेर गएकाहरुको राजनीतिक भविष्य दिगो नहुने जिकिर गरेका छन् ।

शुक्रबार राजविराजमा कार्यकर्ताहरु भेटघाटमा उनले जनताका लागि गरिने मिशनको राजनीति नै टिकाउ हुने बताए । ‘ हाम्रा केही साथीहरु मिशन र पार्टी छोडेर व्यक्तिगत स्वार्थका लागि अन्यत्र गएका छन्’, उनले भने ‘तर, उनीहरुको राजनीतिक भविष्य सुनिश्चित रहने छैन ।’ मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहका सच्चा अनुयायीको रुपमा रहेका इमान्दार, त्यागी र संघर्षशील कार्यकर्ता अहिले पनि आफूहरुकै साथमा रहेको दाबीका साथ नेता महतोले भने, “आगामी निर्वाचनमा त्यस्ता कार्यकर्ताले निर्वाचनमा विजयी हासिल गर्नेमा म विश्वस्त छु ।” जनताको सेवा गर्न र मधेशवादका लागि संघर्ष गर्ने योद्धाहरुको तयारीमा आफूहरु लागिरहेको बताउँदै उनले भने,‘केही व्यक्तिले स्वार्थका लागि पार्टी छोड्दैमा केही फरक पर्नेवाला छैन्, आन्दोलनकारी योद्धाहरु अहिले पनि हामीहरुसितै रहेका छन् ।’ विचार र सिद्धान्तलाई अंगिकार गरी अघि बढेकाहरुलाई निर्वाचनमा जिताउन कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले आगामी निर्वाचनमा सप्तरीमा पनि आफूहरुको पक्षमा सकारात्मक चुनावी परिणाम आउने दाबी गरे । गत स्थानीय निर्वाचनमा सप्तरीका १८ मध्ये ५ स्थानीय तहमा विजयी हासिल गरेको भए पनि यसपटक तीन वटामा उम्मेदवारी नै नदिएको बारे राखिएको जिज्ञासामा नेता महतोले भने, उम्मेदवारीका लागि तयारी कै अवस्थामा केही साथीले पार्टी परित्याग गरी अर्कोमा गएका कारण त्यस्तो भएको हुन सक्छ’ ।

कुनै कुनै स्थानीय तहमा उम्मेदवारी नपर्दैमा केही फरक नपर्ने उनको टिप्पणी थियो ।

Comment


Related News

Latest News

Trending News