२०७९ बैशाख २४, शनिबार ०८:१७

जलेश्वर । महोत्तरी प्रहरीले अवैध मलखाद सहि एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको विहीबार राती महोत्तरीको बर्दिवास नगरपालिका–३ बि.पि. राजमार्ग सडक खण्डबाट चेकजाँचको क्रममा प्रहरीले लाखौं मूल्यबराबरको युरिया खाद नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दक्षिण तर्फबाट उतर तर्फ आउँदै गरेको प्र.२–०४००१ च.००३६ नम्बरको पिकअप गाडीलाई रोकि चेकजाँच गर्दा उक्त गाडीमा भारतीय युरीया मल ३७ हजार मूलय बराबरको ५३ बोरा खाद तथा पिकअप गाडीको ११ लाख गरी ११ लाख ३७ हजारको सामान प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नियन्त्रणमा लिएको सामानहरु जलेश्वर भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ ।

Comment


Related News

Latest News

Trending News