अपडेट 
२०७९ बैशाख २४, शनिबार ०८:२४

समृद्धि , विकास , सौन्दर्यकरण , पूर्वाधार विकास , पर्यटकीय प्रवद्र्धृन , जनहितकारी कार्यका लागि सधैं सजग , प्रयासरत रहने गरिब , असहायको सहयोगीका सारथीको संज्ञा पाउनु भएका जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी मनोज कुमार साह नेपाली पार्टीले टिकट नदिएपछि स्वतन्त्र (बागी )उम्मेदवारी दिएका छन् । प्रत्याशी साहसंग टुडेकर्मी ध्रुबकुमार झाले गरेको कुराकानीको केही अंश ।

–जनकपुरधाममा स्वतन्त्र उम्मेदवारहरुले जितेको इतिहास छ । तपाई पनि नेपाली कांग्रेसको बागी उम्मेदवार कस्तो महसुस गरिरहनु भएको छ ?

— नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिनेहरुले जितेको इतिहासको कुरो आएको छ तर नेपाली कांग्रेसले के गल्ती गर्दो रहेछ भने समयमा टिकट बांड्ने क्रममा गल्ती गर्दो रहेछ । सबभन्दा प्रथम बहुदल आएपछि २०४९मा निर्वाचन भयो । त्यसमा दिगम्बर रायले टिकट पाउनु भएको थियो र त्यति बेला स्वतन्त्रको उम्मेदवार वृषेश चन्द्र लालजी उठ्नु भएको थियो जो चश्मा घण्टी त्यत्ति बेलाको छाप थियो । त्यसमा के भई दियो भने लीला कोइराला र कोइराला परिवारका साथीहरु पनि आएर जनकपुरधाममा भाषण गरिदिए कि वृषेशजी पनि हाम्रै साथी हुन् । त्यसै आधारमा वृषेश जी चश्मा घण्टी छापले जित्नुभयो । फेरि ०५४ सालमा आएर त्यही दिगम्बर रायजीलाई टिकटै दिएन र पञ्चायतबाट सधैं निर्वाचित भएका दामोदर उपाध्यायले टिकट पाउनु भयो । त्यसमा हाम्रो शेरबहादुर देउवा ,त्यत्तिबेला देउवा त थिएन भट्टराई गुटका खेमाका साथीहरुले विमलदाई लगायत बजरंग प्रसाद साहलाई कुर्सी छापमा लडाइयो त्यो पनि कांग्रेसकै उम्मेदवार थियो । यो टिकट वितरण प्रणाली कांग्रेसको ठिक नभएको हुनाले यस्ता विद्रोही कांग्रेस जित्ने कुरा इतिहास छ । र जुन रेकर्ड बन्छ त्यो ब्रेक हुनु स्वभाविक प्रक्रिया हो । अहिले जसरी सचिनको रेकर्ड बनेको छ सय सतक अरु कसैले बनाउंदैन भनेर भनिन्थ्यो तर विराट कोहलीले उसको रेकर्ड ब्रेक गरिहाल्यो नि त अझ अहिले भारतको पञ्जाबमा आम आदमी पार्टीको सरकार बनेको छ यहाँ त कहिले पनि बनेको थिएन । यसै पाली कांग्रेसको सुध्रिने मौका थियो । किनभने ०७४ सालमा म मनोज कुमार साहलाई चुनाव लडाएकै हो नेपाली कांग्रेसले र यो पाँच वर्षपछि जब निरन्तर क्रियाशील भएर कांग्रेसकै लागि काम गरिसकेपछि या क्लियर कट कुरा भएपछि यसपाली नेपाली कांग्रेस जित्छ र उम्मेदवार पनि तयार भएको थियो । र त्यति बेला पनि गठबन्धनको नाउँमा अपवित्र गठबन्धन गरेर नेपाली कांग्रेसलाई नेपाली कांग्रेसले नै धोका दियो ।

— तपाईले नेपाली कांग्रेस जस्तो सांगठनिक पार्टीको उपमहानगर सभापति पदको त्याग गर्नु भयो ,किन?

— धेरै धेरै धन्यवाद ! संगै यो प्रश्नको स्पष्ट उत्तर छ । अहिले जुन तपाई बागी कुरा भन्नु भो म त्यसमै विमति राख्दछु । म नेपाली कांग्रेसको बागी उम्मेदवार होइन म नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार हुँ किनभने अहिले नेपाली कांग्रेसको गाछी छापबाट मेयरको उम्मेदवारै छैन । र मनोज कुमार साह उम्मेदवार छ र म मलाई यहाँ चारतारा पनि सुरक्षित छ र जयनेपाल पनि सुरक्षित छ । गठबन्धनको नाउँमा मात्र गाछी छाप ब्लक गरेको छ । त्यो शेरबहादुरले राखेपनि म आफूलाई नेपाली कांग्रेसको उम्मेदवार ठान्दछु । म बागी होइन बागी त्यसलाई भनिन्छ जो कुनै उम्मेदवार भएको बेलामा र मेचीदेखि महाकालीसम्म एक जना पनि नेपाली कांग्रेसका कार्यकर्ता खुशी छैनन यो गठबन्धनले गर्दा । यो प्रष्ट भइसकेको छ कि केन्द्रीय नेतृत्वले फेल्योर नेतृत्व पाएको छ ।अर्को कुरा के रहेछ भने तपाई यो धनुषा जिल्लाबाट किन एउटा सभापतिबाट उम्मेदवार किन्न बन्नु प¥यो भने हामीलाई नेपाली कांग्रेस जोगाउनु छ । किनभने २००७ सालको पार्टी जसले राजा भगायो ,जसले राणा भगायो जो बहुदल ल्यायो आज गणतन्त्रसम्म आइपुग्यो संविधान पनि ०७२को जारी ग¥यो । त्यस्तो पार्टी जो मधेशको मुटु जो मधेशमा जबसम्म नेपाली कांग्रेस जित्दैन तब सम्म संघीय सरकार बन्दैन किन भने नेपालमा मधेशको इतिहास रहेको छ र कांग्रेसको मात्र नभइ राजनीतिकै यो उर्वर भूमि हो । यहाँ मधेशको आन्दोलन गर्ने ठाउँ हो र त्यसकै राजधानी जलेश्वर हो । र २००७ सालदेखि ०७८ साल सम्मको इतिहासलाई बिर्सिन जुन मेटियामेट हुने कार्य गरेको छ त्यसलाई जोगाउन मेरो उम्मेदवारी हो । नेपाली कांग्रेसको नगर सभापति ठूलो पद होइन पहिले प्रजातन्त्र बच्नु पर्दछ र हाम्रा सम्पूर्ण कार्यकर्ता साथीहरु जिउनु पर्दछ । हाम्रा साथीहरु त्यो जसपा या अन्यको सदस्यता लिने होइन । उपेन्द्र यादवको झोला बोक्ने होइन उहाँहरु साथीले हामीलाई पत्याउनु भएको छ । र मैले उम्मेदवारी मनोमानी गरी दिएको होइन २५सै वटा वडाका सभापतिहरु जुन अहिले गाछी छापबाट लडिरहनु भएका उम्मेदवारहरुले उहाँहरुको सहमति र सहकार्यमा मैले उम्मेदवारी दिएको छु । र मेरो अभियान रहेको छ नेपाली कांग्रेस जोगाउने अभियान । कांग्रेसको रक्षा गठबन्धनको झण्डा बोक्नेले गर्न सक्दैन । साँचिक्कै भन्ने हो भने गठबन्धनलाई साथ दिनेहरु कांग्रेसी हुनै सक्दैनन ।

–अन्य प्रतिस्पर्धी र तपाईमा के भिन्नता छ ?

— अन्य उम्मेदवार र ममा स्पष्ट भिन्नता छ मेरो काम नै समाजसेवा हो । किन म ०७४को निर्वाचन लडिसकेपछि यो साढे चार पौने पाँच वर्षको कार्यकालमा नगरपालिकाले जे पनि बेथितिका कुराहरु कानून विपरीतका काम ,कर बढाउने काम गरे त्यसमा मैले प्रतिपक्षको भूमिका निर्वाह गरेँ । समय समयमा ज्ञापनपत्र दिएको छु ,आवाज उठाएको छु ,जनता समक्ष सूचना प्रवाह गरेको छु ,यो उपमहानगरपालिकामा भ्रष्टाचार हुँदैछ । समय समयमा हामी घच्घचाएका छौं ।हामीले कर बढाएको विरुद्ध आन्दोलन गरेका छौं समय समयमा जो कोभिड आएको छ भ्याक्सिन दिनु पर्छ अस्पतालको व्यवस्थापन गर्नु पर्छ विपद व्यवस्थापनको बैठक भएको छ मैले एक महिनामा १७ लिटर पेट्रोल जलाएका छु जतिखेर घर बाहिर निस्कनसमेत मान्छे डराइरहेका थिए । ज्यानै जोखिममा पारेर समाजसेवालाई निरन्तरता दिँदै आएको छु । जब वर्षामा पानी जम्मा हुन्थ्यो । त्यति बेला पनि नालाबाट कचरा निकाल्ने काम हामीले गरेका छौं आज अहिले जति पनि उम्मेदवार आउनु भएको छ । कोही ठेकेदारी गर्नु हुन्छ कोही व्यापारी गर्नुहुन्छ कोही माथि भ्रष्टाचारीको आरोप छ उहाँहरुको कुनै काम छैन यो अघनुवा दोकान मात्रै हो उहाँहरुले समाजसेवाको नाउँमा के यो देशमा कम्युनिष्ट पार्टी छैन आज पनि एउटा पनि ज्ञापन पत्रको नाम समेत सुन्नु भएको छ ? त्यो जनकपुरकै उम्मेदवार हो एउटा उम्मेदवार अनि एउटै पार्टीको तीन जना उम्मेदवार बनिरहनु भएको छ अहिले विभा ठाकुरलाई हेर्नुस मनोज चौधरीलाई हेर्नुस लालकिशोरलाई हेर्नुस जानकी रामलाई हेर्नुस यो सबै राजपा हो आज लोसपा जसपा भए पनि यी सबै राजपा हो एउटै पृष्ठभूमिको उम्मेदवार बाँडेर खाने उम्मेदवार । यो बांडफाँट गरी खाने उम्मेदवारलाई भ्रष्टाचार गर्नमा जानकीरामको त्यतिकै हात छ , भ्रष्टाचार गर्नमा लालकिशोरको त्यतिकै हात र लालकिशोरको योजना चलाउने मान्छे मनोज चौधरी छ यो तिनटै मान्छे बाँडी खाने मान्छे भागबण्डा नपाएर होला यिनीहरु छुट्टै छुट्टै उम्मेदवार बनेको छ । यी तिनटै भ्रष्टाचारमा संलग्न छन् । अब बलरामजीको कुरा गर्नुस भने त्यहि पेटि कन्ट्रेक्टमा काम गरेका ईयुडिपीका ठेकेदार बलरामजीले लालकिशोरलाई काठमाण्डुमा घर किनिदिएको त सबैलाई थाहा छ । यिनीहरुलाई त कुनै अधिकार नै छैन नोमिनेशन लिने । यहाँहरुले पहिले समाजसेवा सिक्नु पर्दछ । यो ३० गते पछि उहाँहरु सबैको यो खुद्रा दोकान बन्द हुने छ र उहाँहरु कहिँ कतै देखिने छैनन । यहाँहरुले आफ्नो फुटपाथ दोकान समेटेर भाग्नु हुनेछ । त्यसैले हामी जिते पनि हारे पनि हामीले समाज सेवा नै गर्ने हो ।र बिहान ६ बजेदेखि १० बजे रातिसम्म अफिस खोलेर जनश्रमदानको कुरा होस प्रशासनिक काममा होस सामजिक सुरक्षाको बारेमा होस नीतिगत कुरा उठाउने कुरामा होस र देशमा भएका बेथितिहरु सरकारको विरुद्ध जुन आन्दोलन गर्नु पर्ने कुराहरु हामीहरु बाटोमा जुलुस लगाउने त्यतिबेला तपाइले मनोजलाई नै हेर्नु हुनेछ त्यसैले राजनीति गर्ने हाम्रो नैसर्गिक अधिकार हो हामीले समाज सेवा गरेकै छौं गर्नेनै छौं त्यसैले मेरो मेयरमा उम्मेदवारी छ र म जित्दैछु ।

–साँस्कृतिक ऐतिहासिक नगरी एवम् जनकपुरधामको मेयर बनेर यस क्षेत्रको विकासको लागि तपाईले के सोंच्नु भएको छ ?

– म आजसम्म एउटाको सदस्यमा पनि लडेको छैन ,पछिल्लो पटक मेयरमा लडेको थिएँ हारे म द्वितीय भएँ , मलाई गर्व छ । अहिलेसम्म कुनै पदमा जितेको छैन । अहिले सिक्थ लेन सडकको हनुमान मन्दिर देखि सोनासत्ती माईसम्मको चार किलोमिटरको वाइपास रोड मनोजले नै बनाएको छ । भौतिक योजना मन्त्रालयको बजेटबाट मेरै पहल मात्र होइन मैले सक्रियतापूर्वक यो सडक निर्माण कालोपत्रे सम्म गराएको छु । त्यस्तै अहिले नोचा पोखरी पर्यटकीय रमणीय स्थलको रुपमा जुन विकास भएको छ त्यो ०७४को निर्वाचन भन्दा पूर्व जब म नेपाली कांग्रेसको नगर सभापति हुँदाखेरि स्थल र पिकनिक स्पोटको रुपमा मैले नोचा पोखरीको विकास गरेको छु। अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको एक रुपियाँ लगानी छैन तापनि ७५ प्रतिशत काम त्यहाँ सम्पन्न भएको छ । र एक वर्षभित्र त्यहाँ बोटिंग र फन पार्कसमेत निर्माण गराउने छु । त्यति मात्र होइन हुलाकी राजमार्ग अन्तर्गत परिक्रमा सडक जुन बन्यो हनुमान मन्दिरदेखि बौहरवा जाने क्रममा ४२ फिटको बाटो फराकिलो गर्ने क्रममा सहयोग मात्र होइन अपितु सक्रियतापूर्वक लागेर काम गराएका छौं त्यस्तै माछापालनदेखि लोहना जाने बाटोमा ४२ फिटको जुन बाटो गरिएको छ । त्यो काम हामीले गरेका छौं । राराब कलेजदेखि लोहना जाने बाटो ४२ फिटमा निर्माण गर्ने काम गरेका छौ । शिवचोककै १३ मिटरको सडक १६ मिटरमा परिणत गराउनमा ज्ञापनपत्रमार्फत अपिल गरेको र मतदाताहरुले पनि सहयोग गरेका थिए । यहाँ जति पनि खेलकुदका कार्यक्रमहरु ल्याउन हामी सफल भएका छौं अहिले हामीले फलमण्डीको कुराहरु अगाडि बढाइ सकेका छौं । सिनेटरी ल्याण्डफिलका जग्गाहरु छनोट गरिसकेका छौं त्यो सब कुरा भित्र भित्र ,यो अहिले जुन जनकपुरधाममा जुन ७२ सिटर प्लेन आएको छ त्यो हामीहरुको कारणले आएको छ । मात्र दुई जना नेताको कारण आएको छ । म मनोज कुमार साह ,अहिले भौतिक योजना तथा पूर्वाधार मधेश प्रदेशका मन्त्री रामसरोज यादवको कारण ।

गुगल माध्यमिक विद्यालयको चार विघा जमिन त्यसमा अधिग्रहणमा परेर ६ विघा जब भयो र विद्यालय र एयरपोर्टको ठूलो विवाद भयो सहमति र सहकार्य गरेर हामीहरुले । यो हामीले जिते पनि नजिते पनि सदस्य रहे पनि नरहे पनि काम गरिरहनेमा म प्रतिवद्ध छु। गुठीका जग्गाहरु अतिक्रमण विरुद्धसमेत हामीले अग्रस्थानमा काम गरेका छौं । राराब कलेज शिक्षाको क्षेत्रमा राजर्षि जनक विश्वविद्यालय बारे तपाई भरतजी संग गएर सोध्नुस । कि हामीले कति योजना आयोगका अध्यक्षमा हरिवंश झा रहेको बेला उहाँसंग मेरो दश चोटी बैठक भएको छ । आइयुडिपी परियोजनाको अध्यक्ष बद्रिनाथ झाजी संग उहाँसंग मेरो दश वटा मिटिंग भएको होल ा। तपाई जउनपाका इन्जिनियर वीरेन्द्र यादवसंग सोध्नुस कि आउटर रिंग रोडको कल्पना जुन मनोजले ल्याएको थियो । कि थिएन । ग्रामीण क्षेत्रलाई व्यवस्थित गर्ने हिसाबले काम नगरी के यो एक देखि ११ सम्मको वार्ड मात्रै जनकपुरधाम हो त ? र प्रत्येक क्षेत्रमा बिहान ६ बजेदेखि रातको ११ बजे सम्म हेर्नुस आज जनकपुरमा कृषिको दशा के भयो ?

–अन्तमा केही भन्न चाहनुहुन्छ ?

– राजनीतिलाई अघनुवा बनाउनेहरुसंग नागरिक सचेत हुँदै गएका छन् र अब उहाँहरुले ब्यालेट मार्फत मनोज कुमार साहलाई घण्टाघर छापमा मतदान गरी अघनुवाहरुलाई जबाफ दिने मेरो विश्वास अनि सम्पूर्ण मतदाता समक्ष आग्रह छ ।

 

Comment


Related News

Latest News

Trending News