अपडेट 
२०७९ बैशाख २४, शनिबार १९:३८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका हुन् ।

सभामा बोल्दै अध्यक्ष यादवले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अपिल गरे । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग आग्रह गरे । जनकपुरधामले विगत पाचँ वर्षमा उल्लेखनीय विकास गरेको र अझै थप विकास हुन बाँकी रहेकोले, पुनः गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष यादवले अपिल गरे ।

Comment


Related News

Latest News

Trending News