रौतहट जिल्लामा निर्वाचन अचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ ।
निर्वाचनमा आफ्नो पक्षमा मतदाताहरुलाई ल्याउने उद्देश्यले राजदेवी नगरपालिकाका पूर्व मेयर धीरेन्द्र कुमार सिंहले वडा नम्बर २ हजमिनियामा हैंड पाइप जडान गरी रहँदा निर्वाचन आचारसंहिता अनुगमन समितिले कुनै कारवाही नगरी मौन बसेको छ। सदरमुकाम गौरमा मुख्य तथा सहायक सडकहरुमा लगाइएको झण्डा , पोस्टर , बैनर सुरक्षाकर्मीहरुले हटाए पनि रौतहटको कटहरियामा सबै पार्टीको व्यापक झण्डा बाटो भरि झुण्डिएको देखिएको छ । नेकपा एमाले , नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , जनमत पार्टीको चुनाव चिन्ह अंकित झन्डा बाटो भरि रखिएको भए पनि नेपाल प्रहरीले हटाउन सकेको छैन ।
निर्वाचन आचारसहिंताले चुनाव चिन्ह अंकित टि शर्ट , गम्छा , टोपी ,व्याच ,प्रयोग गर्न नपाइने भने पनि रौतहटमा राजनीतिक दलका उम्मेदवारहरुले व्यापक रुपमा त्यसको प्रयोग गरिरहेको देखिएको छ । चुनाव नजिकिदै जाँदा उम्मेदवारहरुले मतदाताहरुलाई भोज भतेर गर्न सुरु समेत गरिसकेको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासलाई सम्पर्क गर्दा जुन स्थानीय तहमा अचार सहिंता उल्लंघनको घटना भइरहेको छ त्यसको बारेमा स्थानीय निर्वाचन अधिकृतलाई जानकारी गराउने बताए


