अपडेट 
२०७९ बैशाख २५, आईतवार ०७:३४

अब भोंट खसाल्ने दिन आउन एक साता भन्दा पनि कम समय बाँकी छ । जति जति चुनाव नजिकिँदै गइरहेको छ त्यति नै उम्मेदवार र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो चुनावी अभियानलाई तीव्र पार्न थालेका छन् । उम्मेदवारहरु अहिले आफ्नो अभियानलाई गाउं तथा टोल केन्द्रित बनाएका छन् । चुनाव नजिकिँदै गर्दा गाउंमा चहल–पहल शहरको तुलनामा बढेको छ ।

चुनावमा भोंट हाल्न रोजगारी,अध्यन आदिका लागि गाउं,जिल्ला तथा देश बाहिर रहेका नागरिकहरु आ–आफ्नो घर फर्किरहेका कारण गाउंघरमा मतदाताहरुको चहल–पहल शहरको भन्दा बढेको छ । यस्तो बेला विभिन्न राजनीतिक दलसंग आवद्ध उमेदवार र स्वतन्त्र उम्मेदवारहरु जनताको घरघरमा गएर भोंट माग्नेदेखि लिएर कार्यकर्ता बैठक,सभा लगायतका कामहरु गरिरहेका छन् । दिउँसो उनीहरू भोंट माग्ने काम गरिरहेका छन् भने राती राती आफ्नो कार्यकर्ताहरुलाई मतदाताहरुको घरमा पठाएर पैसाको प्रलोभन देखाएर भोंट किन्ने काम समेत गरिरहेको देखिएको छ । भोट किनबेच रातभरि चल्ने गरेको बुझिएको छ । स्रोतका अनुसार साँझ पर्ने बित्तिकै उम्मेदवारले परिचालन गरेको कार्यकर्ताहरु दलित, विपन्न तथा पिछडा समुदायको वस्तीमा पुगेर प्रत्येक मतदाताको घरमा माछा, मासु, दारु बाँड्ने गरेको पाइएको छ ।

कतिपयले माछा,मासु,दारु सँगै घरको मुल व्यक्ति(अभिभावक)लाई प्रति मतदाता २ हजारदेखि ५ हजार रुपैयाँ सम्म बाँड्ने गरेका छन् । पैसा सहित सित्तैमा माछा, मासु दारु खान पाएका विपन्न,दलित तथा पिछडा समुदायका जनताहरुलाई उम्मेदवारले खुलेआम रुपमा ठगिरहेको भन्ने कुरा सायद थाहा छैन या त जान्दा–जान्दै पनि ठगीको शिकार बनिरहेका छन्,मलंगवाका स्थानीय बुद्धिजीवीहरुले बताए । गाउंघरमा अहिले उम्मेदवारका कार्यकर्ताहरु आफ्नो पक्षको जनतालाई विपक्षीले किन्न सक्छ भनेर रातभरि जाग्राम बसेर निगरानी बढाएका छन् । भोंट खरिद गर्न आउनेलाई लखेट्न उनीहरू निगरानी गरिरहेको स्रोतले जानकारी दिएको छ । यस्तो बेला गाउँमा ठूलो झडप भएर अप्रिय घटना समेत हुनसक्ने सम्भावना रहेकोले प्रशासनले पनि गाउंवस्तीमा निगारानी बढाउनु पर्ने बुद्धिजीवीहरु बताउँछन् । पैसावाला उम्मेदवार तथा ठूला दलले मात्रै नभइ अरु साना दल र स्वतन्त्र उमेदवारहरुले पनि अनुसारको पैसा र मासु मदिरा बाँड्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News