अपडेट 
२०७९ बैशाख २५, आईतवार ०७:४४

आउँदो शुक्रवार मुलुकभर स्थानीयतहको निर्वाचन हुँदैछ । सो निर्वाचनको माध्यमबाट मतदाताले पाँच बर्षका लागि आफ्ना स्थानीय पदाधिकारीहरुको गोप्य मतदानमार्फत चयन गर्नेछन् । अहिले उम्मेद्वार हरुबीच चुनावी प्रचारमार्फत एक अर्कालाई उछिन्नका लागि कडा प्रतिस्पर्धा गरिरहेको देखिन्छन् । अधिकांस उम्मेद्वारहरु घरदैलो अभियान सम्पन्न गरी कुन मतलाई कसरी आपूmतिर तान्ने सन्दर्भमा गहन छलफलका साथै मतदातालाई रिझाउनका लागि प्रयासरत छन् । मतदातालाई आकर्षित पार्नका लागि आपूmले गर्ने जनसेवा र विकास निर्माणलगायतका सम्बन्धमा घरपिच्छे प्रतिबद्धता प्रकट गरिरहेका छन् । जसरी उम्मेद्वारले प्रतिबद्धता प्रकट गर्छन् । त्यस्तै, मतदातापनि उम्मेद्वारसमक्ष मेरो परिवार र छरछिमेकको पनि मत दिलाइदिने भनेर आश्वस्त पार्नमा पछि परेको देखिदैनन् । उम्मेद्वार जे सुन्न चाहेको हुन्छ, त्यस्तै,मीठा कुराहरु अधिकांस मतदाताले उम्मेद्वारहरुलाई सुनाइरहेका हुन्छन् ।

सामान्य भाषामा भन्नुपर्दा, मतदाताहरु पनि उम्मेद् वारसँग घाम– छायाको खेल खेल्दै छन् । अहिले जनकपुर उपमहानगरपालिकाको निर्वाचन रोचक मोडमा पुगेको देखिन्छ । लालकिशोर साह पुनः मेयरमा उठेका छन् । जसपाको उम्मेद्वार लालकिशोर साहलाई काँग्रेसको समर्थन प्राप्त छ । लालकिशोर साहको जित भएमा यश गठबन्धनले पाउने छन् भने पराजित भएमा जसपाको छविमा असरपर्ने सम्भावना छ । किनभने, मधेश प्रदेशमा जसपाको नेतृत्वको सरकार छ । उपमहानगरपालिकामा पनि जसपाकैं नेतृत्व थियो । अर्को दृष्टिकोणले हेर्दा, काँग्रेसको वागी उम्मेद्वार मनोजकुमार साह चुनावी मैदानमा छन् । उनलाई पार्टीले कारवाही गरिसकेका छन् । मनोज र लालकिशोरबीच काँग्रेसी मत तान्नका लागि रस्साकस्सी जारी छ । गठबन्धनका शीर्ष नेताहरुले सभामार्फत मतदातालाई आकर्षित पार्न खोजिएपनि यसो हेर्दा जनकपुरका अधिकांस मतदाताहरु अलमलमा परेको आभाष भइरहेको छ । कुनैपनि दलको आफ्नै मतदातामाथि कसिलो पकड छ, त्यस्तो देखिँदैन् । जुन उम्मेद्वारले संयमताका साथ मतदाताहरुलाई आपूmतिर समेटनमा सक्षम हुनेछ, सो उम्मेद्वार बढी लाभान्वित हुने देखिन्छ । जनता समाजवादी पार्टीले प्रदेशसभाबाट जनकपुरलाई स्थायी राजधानी र प्रदेशको नामाकरणमा उल्लेखनीय भूमिका खेलेका छन् । यी दुइटै महत्वपूर्ण निर्णयबाट लालकिशोरजीलाई फाईदा पुग्नुपर्ने विषयमा जनता समाजवादी पार्टी विश्वस्त हुनुपर्ने हो । लालकिशोरजी निवर्तमान मेयर भएकाले उहाँले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कार्यहरुले जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । समग्रमा भन्नुपर्दा, उहाँको कार्यशैलीको सकारात्मक र नकारात्मक दुइटै प्रभाव पर्नेछ ।

तराजुको कुन पलडा वजनदार छ, त्यसको निर्णय जनता जनार्दनले नै गर्नेछन् । स्थानीयतहको निर्वाचनमा स्थानीय मुद्धाका साथै उम्मेद्वारको आचरण र स्वभावनै मतदातालाई आकर्षितपार्ने पहिलो अस्त्र हो र पार्टी दोश्रो स्थानमा पर्छ । पार्टीले कार्यकर्ता दिने हो । तर, निर्वाचनको व्यवस्थापन र रणनीतिको कार्यान्यन ठीक ढङ्गले नभएको अवस्थामा जित्ने उम्मेद्वारपनि पराजित हुने गरेको देखिएको छ । २०७४को स्थानीयतहको निर्वाचनभन्दा ठीक विपरीत अवस्थामा यो निर्वाचन हुन गइरहेको देखिन्छ । २०७४ मा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दलहरु, मधेशको माग नसमेटिएको भनेर खासगरी मधेशमा भएको मधेश आन्दोलन र सो आन्दोलनमा मधेशकेन्द्रीतको अडान र केपि ओलीको राष्ट्रवादी छविले स्थानीयतहको निर्वाचनमा मतदाताहरुलाई आ–आफ्नै ढङ्गले प्रभावमा पार्न सफल भएको थियो । यसपल्ट, कुनै किसिमको लहरको प्रभाव छैन् । पार्टीको प्रभाव प्रायः चुनाव चिह्नको रुपमा देखिन्छ । यसपल्ट, उम्मेद्वारको व्यक्तित्वले मतदातालाई बढी प्रभावित गर्नेछ, जस्तो वातावरण देखिन्छ । पार्टीको दवावलाई कार्यकर्ताले कति थाम्न सक्छन, त्यस विषयमा अहिले केही भन्न सक्ने अवस्था छैन् । तर, दलगत आधारमा स्वच्छ छविका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् भने त्यस्ता उम्मेद्वारलाई जित्ने सम्भावना अत्यधिक रहन्छ ।

उम्मेद्वारलाई के गर्नुपर्ने

घरदैलौ अभियानमार्फत उम्मेद्वारलाई थाहा पाइसकेको हुनुपर्ने हो, ‘कुन मत आउने र कुन मत नआउने’ हो । होशियार उम्मेद्वारले आफ्ना मतलाई सुरक्षित राख्दै तटस्थ मतदातालाई जसरीपनि आफ् नो पक्षमा पार्नका रणनीति बनाउँछन् । जसको चुनावी रणनीति उत्तम र इमान्दार कार्यकर्ता छन् भने त्यस्ता उम्मेद्वारलाई चुनाव जित्नमा सहज हुन्छ । आफुनो पक्षमा नेदेखिएका मतलाई कसरी तानेर ल्याउनका लागि चतुर उम्मेद्वारहरु सुझबुझका साथ कार्य गर्छन् । विरोधीको पहिचान गर्न सकिन्छ । तर, मित्र बनेर अन्तर्घात ग¥यो भने जित्ने उम्मेद्वारलाई पनि हारको मुख देख्नुपर्ने अवस्था सृजना हुन सक्छ । तसर्थ, अन्तर्घात हुन नदिनका लागि चुनाव जित्ने सम्भावना बोकेका उम्मेद्वारलाई जसरीपनि सवैलाई समेटेर अगाडि बढ्नका लागि प्रयत्नशील हुनुपर्छ । ‘हार्ने गोरुको छेरुवा दाउ’ जस्तै हार्न लागेका उम्मेद्वारले मतदातालाई भड्काउनका लागि विभिन्न किसिमका अफवाह फैलाउछन् । त्यसता अफवाहबाट आफ्ना मतदातालाई जोगाउनका लागि सचेत रहनुपर्छ । समष्टिगत रुपमा भन्नुपर्दा, मतदातालाई विश्वासमा लिनुपर्छ र प्रतिस्पर्धामा देखिएका उम्मेद् वारको हरेक कदमलाई नियालेर हेर्दे उनको कदमको जवाफपनि सोही किसिमले फर्काउनुपर्छ । सम्भव भए, आफ्ना विश्वासिला व्यक्तिलाई प्रतिस्पर्धामा रहेका उम्मेद्वारनजिक राखेर उनको हरेक कदमको खवर लिनुपर्छ र सोअनुरुप आफ्ना योजनालाई कार्यान्वयनगर्न अग्रसर रहनुपर्छ ।

यो चुनावी रणनीतिभित्र नै पर्छ । उम्मेद्वारलाई आफ्ना निकटका कार्यकर्ताका साथै परिवारका सदस्यको बोली, व्यवहार र आचरणप्रति सजग रहनुपर्छ । अलिकतिपनि अह् मता देखिएमा स्वाभिमानी मतदाता विरोधमा उत्रनमा ढिलो गर्दैनन् । २०४८ सालको संसदीय निर्वाचनमा सप्तरी जिल्लाको कुनै एक संसदीय क्षेत्रबाट एकजना कुशल उम्मेद्वारको जित लगभग पक्का थियो । जनसमर्थन हेर्दा, सो उम्मेद्वारलाई हराउनु असम्भव छ भनेर जो कोहीले निर्धक्क भन्थे । तर, निर्वाचनमा पराजित हुनु प¥यो । जित्ने उम्मेद्वार एकाएक किन पराजित भए ? पराजयको अनेक कारणमध्ये एउटा चुरोट खाने स्टाइलपनि रहेछ । एक कार्यकर्ताको चुरोट खाने स्टाइल र छात्ती तन्काएर हिड्ने शैली जनतालाई मन परेन् । उम्मेद्वारसँग प्रचारमा रह्दा ति कार्यकर्ताले चुरोट सल्काएर आकाशतर्फ घुवाँ छोड्दै हिन्दी फिल्मको नायक राजकुमारजस्तै छात्ती तन्काएर वरपर हिड्डुल गर्दथ्यो । त्यो उम्मेद्वार कुनै टोलमा पुग्नासाथ सयौं मान्छे नाम सुन्नासाथ भेला हुन्थे । उहाँको बोल्ने शैली, विद्वता का साथै विकाससम्बन्धी योजना सुनेर जनता मंत्रमुग्ध हुन्थे । त्यहीँ बेला सो कार्यकर्ताको चुरोट खाने तरिकालाई कतिपयले आपूmहरुलाई हेपेको रुपमा व्याख्या ग¥यो । वास्तवमा, त्यो कार्यकर्ताले जानाजान त्यस्तो गरेको रहेनछ । उनको शुरुदेखिकै त्यस्तो बानी रहेछ । प्रतिपक्षीहरुले अहिलेनै नेताजीको कार्यकर्ताले यसरी मातेको जस्तो छ । नेताजी जितेपछि झन मातिने छन् । अहिले आकाशमा धुवाँ उडाउँदै छन्, भोलि अनुहारमाथि धुवा उडाउने हो कि भनेर नकारात्मक रुपमा चर्चा परिचर्चा गर्न थाल्यो ।

सो चुरोट खाने तरिकालाई ‘स्टाइल’ देखाएको भनेर चुनावी अस्त्रको रुपमा प्रयोग गर्दा, विपक्षीको सो रणनीति सफल भयो । जित्ने सम्भावना बोकेका उम्मेद्वारलाई अनाहकमा हार्नु प¥यो । त्यसैले, कार्यकर्ताको अकुशल व्यवहारले मत विग्रनपनि सक्ने भएकाले यस विषयमा पनि सचेत हुनु आवश्यक छ । आफ्नो व्यक्तित्व र पार्टीगत आधारमा जित्ने सम्भावना नदेखेपछि कतिपय उम्मेद्वारहरु जाति, समुदाय र धर्मलाई आधार बनाएर मतदातालाई भ्रमित गरी आफ्नो पक्षमा पार्न खोज्छन् । तर, अव मतदाता तुलनात्मक रुपमा चेतनशील छन् । केही मतदाता जाति र समुदायको आधारमा मतदान गरेपनि अधिकांस मतदाताले पार्टीगत आधारमा वा स्वच्छ छविका राम्रा उम्मेद्वारको पक्षमा मतदानगर्ने अत्यधिक सम्भावना छ । मतदाताहरुलाई आकर्षित पार्नका लागि राष्ट्रिय दलहरुले चुनावी घोषणापत्र जारी गरेका छन् । कुनै–कुनै दलले मुलुकको बार्षिक आम्दानीको पनि ख्याल नगरी पत्यार गर्न नसकिने, क्षमताभन्दा बढी खर्च गर्न खालका विषयहरु घोषणापत्रमा उल्लेख गरेका छन् । प्रत्येक निर्वाचनको समयमा दलहरुले चुनावी घोषणापत्र वा सङ्कल्पपत्र जारी गर्छन् । त्यो घोषणापत्रको आधारमा कतिको काम भयो भने न जनताले खोजी गर्छन् न ति दलका नेताहरुले आपूmले घोषणापत्रमा उल्लेख गरिएअनुरुप कार्य गरेको सम्बन्धमा जानकारी गराउँछन् । यसपल्टको घोषणापत्र पल्टाउनु भयो भने तपाई रणभुल्लमा पर्नु हुन्छ । निर्णय लिन सक्नु हुन्न । सवैभन्दा राम्रो उपाय घोषणापत्रलाई थाँती राखौं । गफाडी नेता र हावादारी उम्मेद्वारको मीठो बोलीको चक्रब्यूँहमा नफसौं, आफ्ना स्वविवेकको प्रयोग गरौं । निर्वाचित प्रतिनिधि पुनः उम्मेद्वार बनेका छन् भने विगत पाँच बर्षको कार्यकालमा उनले गरेका कामको मूल्याङ्कन गरी मतदान गर्नुस ।

जुन व्यक्ति पहिलोपल्ट चुनावी मैदानमा उत्रेका छन् भने त्यस्ता व्यक्ति चरित्रवान हुनुपर्ने, स्वच्छ छविका हुनुपर्ने, आफ् ना जाति र समुदायप्रति झुकाव नभएको, मिलनसार र व्यवहारिक हुनुपर्ने खालका छन् भने जाति, धर्म, समुदाय र आफ्ना पार्टीबाट माथि उठेर मतदान गर्नुस । किनभने, यो स्थानीयतहको निर्वाचन हो । स्थानीय समस्यालाई कसले व्यवस्थित ढङ्गले समाधान गर्न सक्छन् । कसले इमान्दारितापूर्वक विकासका गतिलाई अगाडि बढाउने, कसले सुख दुःखमा साथ दिने विषयलाई मध्यनजर गरी मतदान गर्दा उत्तम हुनेछ । अमूल्य मतको सदुपयोग गरौं, मतको मूल्य न तोकौं । जुन उम्मेद्वार वा दलले क्षमताभन्दा बढी सपना बाँड्छन् त्यस्ता, उम्मेद्वारमाथि विश्वास नगरौं ।

‘अस्तु’ !

Comment


Related News

Latest News

Trending News