२०७९ बैशाख २५, आईतवार १७:१२

सर्लाही । सर्लाहीको हरिवन बजारक्षेत्र तनावग्रस्त बनेको छ । आइतवार दिउँसो घरदैलो कार्यक्रममा हिँडेका माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ११ का वडाध्यक्ष पदका उम्मेदवार शेष ईस्तिहारसहित वडा सदस्यहरुलाई बिष शेवन गराएको भन्दै माओवादी कार्यकर्ताले सडक अवरुद्ध पारेका छन् ।

उनीहरुका अनुसार हरिवन नगरपालिका ११ का यस अघिका वडाध्यक्ष नेकपा एमालेका शेष मेहबुव रेजाले घरदैलोमा हिँडेका वडाध्यक्षसहितको प्यानललाई नै मिठाईमा बिष सेवन गराई मार्ने प्रयास गरेकाे आराेप लगाएका छन् ।

प्रहरीले भने चुनावी घरदैलोमा हिँडेका वडाध्यक्षसहित केही वडासदस्य हिँड्दा हिँड्दै ढलेको र बिष सेवन गराए नगराको भन्ने बारेमा पुष्टि भइनसेको बताएका छन् ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख ईन्स्पेक्टर मुकेश ताम्राकारले वडाध्यक्षसहित ३ वडासदस्य ढलेको खबर आएको बताउनुभयाे । वडाध्यक्ष पदका उम्मेदवार ईस्तिहारलाई उपचारका लागि वीरगञ्ज पठाईएको छ उहाँले बताउनुभयाे।

माओवादी कार्यकर्ताले भने घटनाको छानबिनकाे माग गर्दै निरन्तर सडक अवरुद्ध गरिरहेका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News