महोत्तरी सेवा समाज कतारको आयोजनामा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
समाज कतारको आयोजनामा (अल दोसरी जु पार्क सहानियाँमा) सम्पन्न भएको ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ एव जुर शितलको अवसरमा शुभकामना आदानप्रदान सहित वनभोज तथा सांस्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाक प्रतिनिधि, पत्रकार कलाकारहरुलाई खादा तथा सम्मान पत्रका साथ सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष इसिलाल पण्डितको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टको प्रमुख आतिथ्यमा समाजसेवी मनिष यादव , नेपाली जन सम्पर्क समिति कतारका अध्यक्ष अजिज अलिको उपस्थिति तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार,बुद्धिजिबी पत्रकार लगायतका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा भट्टले सबै धर्मको सम्मान हुने गरी गरिएको कार्यक्रमले एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने बताए । समाजसेवी यादवले प्रवासमा भएपनि आफ्नो मौलिक पहिचान , संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन प्रवर्धनमा समाजले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा सहित सम्पूर्णमा नयाँ वर्षको शुभकामना समेत व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा अजिज अलिले महोत्तरी सेवा समाजका सम्पूर्ण पदाधिकारी सहित सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गरेका थिए। एनआरएनए आईसीसीका कतारका प्रतिनिधि प्रेम चलाउने हेल्प मधेशी कतारका कार्यवाहक अध्यक्ष शिवकुमार महतो मधेश प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवान दलित एकता संजालका प्रतिनिधि किरण परियार लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका र अध्यक्षहरुले शुभकामना राखेका थिए ।
नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा विभिन्न आन्दोलनमा शहीद भएका शहीदहरु प्रति दिप प्रज्जवलन गरी श्रद्धाञ्जली स्वरूप १ मिनेट मौन धारण समेत गरिएको थियो ।