आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप– महानगरपालिका–२३ मा जसपाका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।
गठबन्धनका मेयरका प्रत्याशी लाल किशोर साहले वडा २३ विन्धीमा आफ्नो पहलमा जसपाका उम्मेदवार मो. अजिज राईनलाई कांग्रेसका उम्मेदवार रञ्जीत चौधरीलाई समर्थन गराएका छन् । उनले गठबन्धन आफ्नो कारणले हार्नु नपरोस भन्दै मेयरका प्रत्याशी साहले जसपाको समर्थन कांग्रेसलाई गराएको जानकारी दिए । गठबन्धन २५ वटै वडामा जित्नुपर्ने भन्दै उनले जहाँ जसरी मिलाउन सकिन्छ मिलाउने काम घरदौलो संगै गर्दै आएको बताए । विन्धीमा जनकपुर टुडे संग कुराकानीमा मेयरका प्रत्याशी साहले गठबन्धन मेयर उपमेयर देखि वडाअध्यक्ष सदस्य सवै जित्ने दावी गरे । आपूmले गरेको कामवाट जनकपुरधामका जनता अत्यन्तै खुशी रहेको र असन्तुष्ट रहेकाहरुको समस्या समाधान भएका कारण कोही असन्तुष्ट नरहेको दावी गरे ।
विन्धीमा जसपाले कांग्रेसलाई समर्थन गरेपछि यो वडा पनि गठबन्धनले जित्ने पक्का भएको उनले बताए । ग्रासरुटमा देखिएका समस्याहरुलाई तत्कालका तत्काल समाधान गरी निर्वाचन भन्दा पहिला जितको बिगुल पूmक्ने उनले दावी समेत गरे ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As