अपडेट 
२०७९ बैशाख २७, मंगलवार ०७:३०

मिथिला नगरपालिकाको नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार महेन्द्र महतोले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । नगरको विकासका लागि आवश्यक हरेक क्षेत्रका विषयलाई समेटेर उम्मेदवार महतोले २९ बुन्दे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आय आर्जनका लागि आवश्यक कदम, शिक्षामा सुधार, गुणस्तरिय स्वास्थ्य लगायतका विषयलाई विशेष प्राथमिकतामा राखेका छन् । प्रतिवद्धता पत्रमा आय स्रोतको पहिचान र राजश्वका स्रोतको रचनात्मक प्रयोग, उद्यम व्यवसाय मैत्री कर निर्धारण पद्धतिको अवन, रोजगारी सृजना, हरित उद्योग व्यवसायलाई करमा सहुलियत प्रदान गरिने, सार्वजनिक निजी साझेदारीमा लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिने उल्लेख छ । त्यस्तै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर, रोजगारीमा समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक र समावेशी सहितको विकास, सुशासन तथा लेखा समिति मार्फत वित्तिय अनुशासन कायम, विद्यालय शिक्षालाई शिक्षा ऐन नियम बमोजिम अझ प्रभावकारी र गुणस्तरीय बनाईने, स्नातक तह सम्मको पठनपाठनको व्यवस्थाका लागि पहल गर्ने, विद्यार्थी संख्याको अधारमा विद्यालयमा विषय गत शिक्षक उपलव्ध गराईने, परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने नगर भित्रका २ छात्र २ छात्रालाई प्रोत्साहन छात्रवृतिको व्यवस्था, स्थानीय तहको सम्पूर्ण बजेटको २०प्रतिशत बजेट शिक्षामा लगानी गर्ने, वैदेशीक रोजगारीमा जाने प्रत्येक युवाहरुको रु१०,०००,०० को निःशुल््क वीमा, मिथिला नगर अस्पतालमा अनिवार्य एमबीबीएस डाक्टरको दरवन्दी सिर्जना गरी स्वास्थ्य सेवालाई सुलभ बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

ग्रामीण कृषि सडकलाई ५ बर्ष भित्र पूर्णरुपले पक्की बनाईने, खानेपानी सिचाई, इनार, वोरिङ्ग आवश्यकता अनुसार उचित व्यवस्था गरिने, अति विपन्न परिवारलाई निःशुल्क रुपमा उपचार, व्यवस्थित सहरीकरण, सडक, ढलको निर्माण र मर्मत, सडक वस्तीको पूर्ण व्यवस्था गरिने, भ्रष्टाचार पूर्ण रुपमा निस्तेज पारिने, प्राकृतिक स्रोतको प्रयोग उत्खनन्लाई पूर्ण रुपले मानव मैत्री, वतावरण मैत्री बनाई वैज्ञानिक रुपले परिचालन गरिने, कृषि मल, विउ विजनको सहज उपलब्धताका लागि नगरले जिम्मा लिने, भूमि समस्या समाधान गर्न तत्काल पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै कृषि प्रयोजनका लागि सडक तथा विद्युतिकरणको व्यवस्था गरिने, पर्यटन प्रवद्र्धनका लागि विशेष योजना तयार गरिने, सहकारीको विकासलाई उच्च प्राथमिकतामा राखिने, आवश्कता अनुसार नगरका विभिन्न भागमा सार्वजनिक शौचालय निर्माण गर्न र सरसफाईलाई निरन्तरता प्रदान गरिने महतोले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News