अपडेट 
२०७९ बैशाख २७, मंगलवार ०८:००

भू–कम्पमा धराशायी भएको काठमाण्डुको सुनधारा स्थित धरहराको पुनरनिर्माण होस या एडीबी परियोजनाका सडक निर्माण गरेर नेपालमै नाम कमाएका निर्माण व्यवसायी हुन—बलराम महतो । निर्माण क्षेत्रमा स्थापित मात्र नभइ छुट्टै पहिचान हासिलसमेत गरेका छन् । धनुषाको सबैला जन्मेका महतोले निर्माण व्यवसायमा पूर्णविराम लगाउँदै पूर्णकालीन समाजसेवी भएर काम गर्ने प्रतिवद्धता सहित जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । मेयर प्रत्याशी महतोसंग टुडेकर्मी ध्रुबकुमार झाले गरेको कुराकानीको केही अंश

–तपाईको उम्मेदवारी किन?

– जनकपुरको जुन अवस्था देखें । यहाँ नाजुक अवस्था हामीले गरेका कामहरु विगत चार पाँचवर्षको भित्रमा ढल बनाए । सडक बनाए, यहाँ रेल्वे बनाए तर, मेन्टेन हुन सकेन । यो भन्दा अगाडिका पूर्व मेयरसाहेबले पाँच वर्ष चलाउनु भयो । र जुन हामीले निर्माण ग¥यौं त्यसको संरक्षण भएन र एउटा फोहर मैलाको व्यवस्थापन पनि हुन सकेन । त्यसकारणले जनता आक्रोशित भएका छन् । त्यो सबैलाई मध्यनजर गरेर म आफनो ३० वर्षको एउटा अनुभव रमण कन्सट्रक्सनको कारोबार गर्दै आएको छु विगत तीस वर्ष देखि । रािष्ट्रय गौरवका योजनाहरु पनि धेरै सम्पन्न गरेँ । जस्तै धरहरा भयो डाइभर्सन प्रोजेक्ट भयो यहाँ रेल्वे भयो , देशकै कुनै पनि यस्तो शहर छैन जहाँ मैले विकास निर्माणको काम गरेको छैन । अन्य शहरको तुलनामा हाम्रो जनकपुरधामको अवस्था हेर्दा एकदम दयनीय छ । अब समाज सेवा गर्नुप¥यो भनेर चुनाव लडेको छु, जिम्मेवारी पाए नेपाल कै उत्कृष्ट शहर निर्माण गर्ने प्रयासका लागि म प्रतिवद्ध छु । त्यो आफ्नो सबै कारोवार छोडेर एउटा स्वतन्त्र विचारले र एउटा सामाजिक हिसाबले पनि केही योगदान छ मेरो यहाँ त्यो सबैलाई मध्यनजर गरेर अब आफ्नो गाउँ आफै बनाउनु पर्छ । आफ्नो ठाउँ आफै बनाउनु पर्छ र नगरवासीको अवस्था हेर्दा केही गरौं भन्ने उद्देश्यले मेरो उम्मेदवारी हो ।

– जनकपुरधाम उपमहानगरपालिको विगतका चुनावहरुले स्वतन्त्र उम्मेदवार जितेको इतिहास छ तपाई जित्नेमा कतिको विश्वस्त हुनुहु्न्छ ?

– अब मलाई त मेरो विचारै कुनै पार्टीसंग छैन म यसै निर्माण व्यवसायी ब्याकग्राउण्डबाट त्यही अनुभवको आधारले म यहाँ काम गर्न आएको छु । र त्यो अनुभव यहाँ जुन नगरपालिकाको कामहरु छ त्यो संग अलि मेल खान्छ । त्यस कारणले मैले उम्मेदवारी दिएको हो र यहाँका जनताहरुको मप्रतिको असीम स्नेह देख्दा निर्वाचनमा मतदाताहरुले मलाई नै एक मौका दिनेछन भन्नेमा म विश्वस्त छु । अब रह्यो स्वतन्त्र र पार्टीसंग मलाई कुनै मतलबै छैन । मेरो यति मात्रै हो कि मलाई यहाँको विकास गर्नुछ म विकास प्रेमी भएर अगाडि आएको हुँ । म कुनै पार्टीसंग आवद्ध पनि छैन र आवद्ध हुन पनि चाहँदिन । म स्वतन्त्र रुपमा काम गर्ने अवसर पाएँ भने काम गर्छु । यदि पार्टीमा लागेको भए त्यो पार्टीको दबाब लगायतका समस्याहरुले काममा अवरोध हुनसक्छ भन्ने मेरो बुझाई छ ।

– निर्माण व्यवसायीको काम गरिरहँदा निर्वतमान मेयर लाकिशोर साहलाई तपाईले काठमाण्डुमा घर किनिदिएको आरोप छ नि !

– यसमा एक प्रतिशत पनि सत्यता छैन । यो एउटा प्रोपोगाण्डा फैलाइएको मात्रै हो । र मेयरलाई मैले किन घर किन्ने ? मेयरसंग मेरो के रिलेशन ?मेरो रिलेशन भनेको कन्सलटैन्ट,ईन्जिनियरहरु थिए प्रोजेक्ट डाइरेक्टरहरु थियो उहाँहरुसंग मेरो रिलेशन हो । कामको क्रममा उहाँहरुको निर्देशनमा मैले काम गर्ने हो । अब मेयर साहेब एउटा नगरको प्रमुख भएको नाताले एउटा अतिक्रमित घर जग्गा खाली गराउनमा सहयोग गर्ने बाहेक उहाँसंग मेरो खासै रिलेशन नै छैन । यसमा न त उहाँको सिग्नेचर चल्ने हो न त केही उहाँ र मेरो मित्रताको सम्बन्ध मात्रै हो ।उहाँलाई मैले कुनै आर्थिक लाभ दिने आवश्यकतै छैन र यो जुन प्रोपोगाण्डा फैलाएको त्यो बदनामी गर्ने उद्देश्यले मात्रै हो । यसमा एक प्रतिशत पनि सत्यता छैन ।

– घर दैलोमा जाँदा मतदाताहरुको कस्तो समर्थन पाउनु भएको छ ?

– अब यहाँ नगरवासी जनता त आक्रोशित छन पहिलेका मेयर साहेबको विगतको पाँच वर्षको इतिहास हेर्दा कसैले पनि सहजले निन्द्रा पाएको छैन । सबै एंगलले विकासको हिसाबले,फोहरको दुर्दशाको हिसाबले,लामखुट्टेको हिसाबले कुनै पक्षले सहजतापूर्वक बस्न पाएको छैन । त्यसकारणले उहाँहरुको जनताको अहिले मागै छ कि स्वतन्त्र छविको मान्छे,विकास प्रेमी,निस्वार्थ मान्छे आइदिएर जनकपुर बनाइदियो भने धेरै कल्याण हुन्छ । जनताहरुको म मनसाय बुझेँ र सोही अनुरुप म आफूलाई फिट छु भन्ने मेरो विश्वास छ । म आफ्नो कारोबार त्यागेर आएको छुा मैले अब सबै छोराछोेरीलाई सुम्पेर जनताको सेवाको लागि अगाडि बढेको छु । जनता जनार्दनको साथ स्नेह पाएको छुा । म निस्वार्थ भावनाले जनकपुरधामलाई केही गरेर देखाउँ भन्ने सोंच लिएर अगाडि बढेको छु । पैसा मात्रै कमाउनु ठूलो कुरो होइन नाम पनि चाहिन्छ आखिर एक दिन त मरेरै जानु छ । मजनताको सेवा गरेर पनि र जनकपुरका जनता सुखद् जीवनयापन गराउने लक्ष्य बोकी म चुनाव लडेको छु ।

– स्थानीय तहको निर्वाचन निर्दलीय हुनु पर्ने चर्चा भइरहँदा पाँच वटा दलले गठबन्धन गरेर चुनावमा आएको छ तपाईले यसलाई कसरी लिनु हुन्छ ?

—हाम्रो राजनीतिक नेताहरुले के भन्नु हुन्छ कि यो त राजनीति गर्ने ठाउँ हो । ठेकेदार भएर तपाई किन आउनु भयो भनेर प्रश्न गर्छन् । यो राजनीतिमा तपाईको त कामै छैन यो त राजनीति गर्ने थलो हो । अब मैले के भन्छु भने यो राजनीति गर्ने थलो होइन । राजनीति नै गर्नुछ भने संसद ,सभासद अब नियम कानून बनाउन उहाँहरुको काम त्यो हो । अब नगरपालिकाको भनेको एउटा विकासमूलक सामाजिक संस्थान हो जसले आफ्नो ठाउँको विकासलाई गतिशीलता प्रदान गरोस, राजनीतिको अखाडा बनाउन होइन् । भारतकै कुरो लिनुस स्थानीय तहको चुनाव निर्दलीय नै हुन्छ । व्यक्ति वेसिसमा हुन्छ । त्यसकारणले नेपालमा पनि जनताको माग अब त्यही छ । यहाँ राजनीति गर्न नआउ यहाँ विकास गर्न आउ । जो विकास प्रेमी छ त्यसलाई हामीले स्वागत गर्छौ । विकासको लागि आउ । मेरो जुन सिद्धान्त मेरो एउटा अनुभव जुन निर्माणको क्षेत्रमा जुन सिकेको छु ,खरबौंको योजनाहरु सम्पन्न गरें त्यही अनुभवको आधारमा यो पाँच सात अरबको योजना मेरो लागि कुनै ठूलो कुरो होइन । मेरो लागि म यो नगरपालिकालाई मैले एउटा योजनानै बुझ्छु र हामी जस्तै मान्छेले यसको विकास गर्न सक्छ ।

–तपाई जित्ने वित्तिक्कै के गर्ने ?

— सबैभन्दा ठूलो समस्या यहाँ फोहर व्यवस्थापनको छ । लामखुट्टे आतंक छ । यी कुराहरुलाई प्राथमिकतामा राखेर काम सुरु गर्छु । त्यसपछि मैले क्रमशःवार्डहरुलाई सबै अधिकार दिइ अधिकार सम्पन्न बनाएर वडाको योजनालाई वडाले नै सञ्चालन गर्ने मेरो प्रतिवद्धता छ । म आफैमा अर्थात् पालिकामै सबै अधिकार नराख्ने मलाई अधिकार राख्नु छैन मलाई यहाँको विकास गर्नुछ । म वडाध्यक्षहरुले पनि त केही वाचा गरेर आउलान अनि उहाँहरुले पनि स्वतन्त्र रुपमा काम गर्ने मौका पाउनु पर्छ । त्यस कारणले वडाले गर्नुपर्ने कामहरु सम्पूर्ण अधिकार म वडामा दिनेछु । प्रत्येक वडामा ट्रयाक्टरको व्यवस्थापन गरेर फोहरलाई मोहरमा परिवर्तन गर्ने योजनामा काम गर्छु । अरु मेस्तरहरुको दरबन्दी केन्द्रीकरण गरेर राखेको छ त्यो चाहिँ म राख्दिन । सबै वडा वडामा म दरबन्दी बांडिदिन्छु । यदि स्विपरहरु पुगेको छैन भने दरबन्दी बढाएर ,करारमा भए पनि जसरी भए पनि अब नियम कानूनले के हुन्छ म सबै वडामा दरबन्दी कायम गर्छु र वडामार्फत नै सरसफाईका कामहरु गराउँछौं ।

–ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न तपाईले कस्तो खाले योजना बनाउनु भएको छ ?

—यो योजना महत्वपूर्ण हो ,प्रथम ग्राह्यतामा पर्ने विषय हो । मेरो उद्देश्य सम्पूर्ण विषयलाई समेटेर अगाडि बढ्ने हो । वार्डबाटै सरसफाईको काम हुन्छ ल्याण्डफिल साइटको निर्माण गर्नै पर्ने भएको छ । त्यो पनि निर्माण गर्छौ । यहाँको मठ मन्दिर,पोखरी तलाउ सौन्दर्यकरणमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइलाई लम्ब्याउन सकिने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा चारदिनको लागि यहाँ आउने पर्यटक दुई दिनमै फिर्ता हुने गरेका छन् । तर म त भन्छु व्यवस्थापन यस्तो होस कि दुई दिनका लागि आउने पर्यटक चार दिन बसेर जाओस् । त्यस्तो अनुभूति यहाँ पर्यटकहरुले महसुस गर्न पाउनु प¥यो । त्यो हिसाबले मैले जितेर जाने बित्तिक्कै विद्वानहरुको सल्लाहकार कमिटी बनाउँछु ।कमसे कम एक विषयमा दुई टा विद्वानलाई राखेर कमिटी गठन गर्छु । २५ वटा कमिटी गठन गर्छु । उहाँहरुबाट आउने राय सल्लाह ,सुझाव अनुसार यहाँको दीर्घकालीन विकासको योजना निर्माण गर्छु जसमा जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कुरोलाई प्राथमिकतामा राखिनेछ । सडक,कृषि,खानेपानी,शिक्षा तथा धार्मिक स्थलको विकास होस् सबै क्षेत्रमा विज्ञहरुकै सल्लाह अनुसार काम गर्ने मेरो प्रतिवद्धता छ ।यो सबै विषयलाई समेट्ने गरी यी सबै विषयका विद्वानहरुलाई कमिटीमा राखेर मात्रै कुनै योजनामा काम गर्ने म प्रतिवद्ध छु । त्यत्ति मात्र होइन समय समयमा जनताको समस्या बुझ्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमहरु गरेर उठेका समस्याहरुको समाधान गर्ने प्रयास गर्ने छु। त्यति मात्र होइन मैले एउटा प्राविधिक कमिटी पनि राख्छु । यो कमिटी भनेको कन्सलटेन्ट , ईन्जिनियर ओभरसियरहरुको एउटा टोली म राख्छु—कमसे कम एक वर्षका लागि । उहाँहरुद्वारा उठाइने आवश्यकतामा सम्बन्धित वडाका अध्यक्षहरुसंग समन्वय गरेर हरेक क्षेत्रको विकासका लागि काम गर्ने मेरो योजना छ ।

यो सबै वडाका लागि के चाहिएला र सात आठ खरब रुपियाँ बजेट । त्यति बजेट म ल्याउन सक्षम छु । यदि फाइल तयार भयो भने स्टिमेट तयारी भयो भने त्यही फाइल संघीय मन्त्रालयमा लगेर विभागमा लगेर यो सम्बन्धित विभाग मन्त्रालयसंग त म जिन्दगीभरि जुरेरै आएको छु । निर्माण व्यवसायको क्रममा मैले ती मन्त्रालयहरुमा काम गरेको छmु बुझेको छु ,बजेटका लागि के गर्नुपर्छ त्यो मलाई राम्ररी थाहा छ । ती ठाउँका कर्मचारीहरुसंग मेरो नजिकको रिलेशन पनि छ । अहिले पनि म उम्मेदवारी दिँदा थुपै्र सचिवहरुले मन्त्रालयका अन्य साथीहरुले फोन गरेर शुभकामना दिनु भएको छ । यसको मतलब भोली म जितेपछि उहाँहरुले पक्कै सहयोग गर्नेछन् भन्ने मेरो विश्वास छ । उहाँहरुले भन्नुहुन्छ कि बलरामजी तपाईको राम्रो सुन्दैछुँ तपाईले जित्नु हुन्छ । अनि म भन्छुँ ए हजुर जितेर मात्रै के गर्ने जित्ने बित्तिक्कै म हजुर कहाँ आउँछु अनशन गर्न । किन ? मलाई जुन वाचा गरेर यहाँ जित्दैछुँ यहाँ त सबैको एउटै ईलाज हो पैसा ,पैसा भएन भने विकास हुँदैन पैसाको थलो हजुरहरु नै हो मलाई कमसेकम एउटा मन्त्रालयबाट दुई तीन अरब रुपियाँ दिनु हुन्न म त जनकपुरधाममा बस्न पनि पाउँदिन् । त्यति सहयोग हजुरहरुले सहयोग नगरुन्जेल मैले चैनको निन्द्रा पाउन सक्दिन । उहाँहरुले पनि जितेर आउनुस अनि बजेट लिएर जानुस भनेर आश्वासन दिनुभएको छ । अहिले व्यक्तिगत रिलेशनको आधारमा यति आश्वासन पाएको छु अनि फाईल भयो भने फाइलको आधारमा बजेट नआउने कुरै छैन । फाइल नै भएन भने मुखले पैसा मागेर पैसा पाइन्छ ।

—अन्य उम्मेदवार र तपाईमा के भिन्नता छ?

– भिन्नता भनेको अरु उम्मेदवारहरु राजनीतिबाट आएका मित्रहरु छन् उहाँ म बाहेक जत्ति मित्र आएका छन् चाहे त्यो स्वतन्त्रबाटै किन नहोस् वा दलीय हिसाबले वहाँहरुको आफ्नो स्वार्थ छ । स्वार्थ बाहेक केही छैन ,वहाँहरु स्वार्थ परिपूर्ति गर्नका लागि राजनीति गर्न आउनु भएको छ म चाहिँ विकास गर्नको लागि आएको छु त्यसैले उहाँहरु र ममा थुप्रै भिन्नता छ । उहाँहरु बिजनेस गर्न आउनु भएको छ । विकास त पछिको कुरा हो पहिला बिजनेश । कसैले जग्गा बेचेर कसैले बन्धकी राखेर ,कसैले ब्याजमा अनेक दाउमा पैसा उठाएर टिकट लिनका लागि पार्टीमा खर्च गरेर विभिन्न कुराहरु गरि रहेकाछन् । यो खर्च गर्नुपर्ने र पैसा उठाउनु पर्ने कारण के ? सबै बिजनेश हो । मलाई कुनै बिजनेस गर्नु छैन । यदि मलाई व्यापार नै गर्नु थियो भने कन्सट्रक्सन छँदै थियो नि ,म जनताको सेवा गर्न आएको छु । एउटा निस्वार्थ रुपमा सामाजिक काम गर्न जनताले चैनको निन्द्रा सुतुन भनेर म आएको हो । मैले जिन्दगीमा धेरै पैसा कमाएको छु ,नकमाएको होइन । मैले कमाए आफूले सके जति आवश्यक परेर आएका जो सुकैलाई समय समयमा सहयोग पनि गरेकै छु । अब अन्तिम समयमा आएर छोराहरुलाई कारोबार सुम्पेर म यो जनकपुरधामको लागि यो मधेश प्रदेशको राजधानी पनि हो मेरो कर्मभूमि पनि हो त्यो हिसाबले मलाई माया लागेर यहाँ नाम पनि सधैं पैसा पैसा पैसाले हुँदैन । नाम पनि चाहिन्छ । त्यो नामको लागि मैले यहाँ गर्नेछु ।

–तपाई जितिसकेपछि पाउने तलब भत्ताबारे तपाईको दृष्टिकोण कस्तो छ ?

–अब मेरो म जुन पेशामा लागेर आएको छु त्यसमा भगवानले मलाई खान लाउन प्रशस्त पुगेको छ । मैले चाहिँ यहाँ केही गरौं भन्ने उद्देश्यले यहाँ आएको हो । म पैसा कमाउने ,सेवा लिने सुविधा लिने काम गर्दिन । मलाई त्यति पर्याप्त छ । यहाँ अहिले डेढ करोडको गाडी किनेर पेन्डिंग छ यहाँ । दुर्घटनाग्रस्त भइ नगरपालिकामा थन्केको छु । त्यो डेढ करोडमा ट्रयाक्टर किनिदिएको भए बरु सदुपयोग हुन्थ्यो । तर जे होस् वहाँले किन्नु भयो त्यसको सदुपयोग भएको छैन। मलाई त्यो डेढ करोडको गाडी चढ्नु छैन । मसंग आफै तीन करोडको गाडी छ । यो पाँच वर्ष उपमहानगरपालिकाको काम पनि मैले आफ्नै सवारी साधन मात्र नभइ ईन्धनसमेत आफैले खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । म नगरपालिकाबाट कुनै सुविधा लिने छैन । तलब भत्ता कति होला बढीमा एक लाख महिनाको वर्षको १२ लाख होला । वर्षको १२ लाख भन्दा बढी त म दानपुण्यमा खर्च गर्छु त्यसैले त्यो तलब भत्ताको चर्चा नै नगरौं । ती पैसाहरुको सदुपयोग जेहेन्दार विद्यार्थी र अन्य आवश्यक काममा खर्च गरिने मेरो प्रतिवद्धता छ ।

–अन्त्यमा जनकपुरधामका मतदाताहरुलाई के आग्रह गर्न चाहनु हुन्छ ?

–जनकपुरधामवासीलाई म यति भन्न चाहन्छु कि तपाईहरुको जुन इच्छा र आकांक्षा छ त्यो सपनालाई पूरा गर्ने एउटा बलराम महतो नै छ । बलराम महतोलाई जिताउनुस र विकासको जुन गति चाहिन्छ तपाईहरुलाई त्यो विकासको गति मैले प्रदान गर्नेछु । अरु राजनीतिक साथीहरु आए भने विकास होइन विजनेसमा आउनु हुन्छ । फेरि जुन अवस्था पाँच वर्षदेखि छ त्यस्तै हालत यहाँको रहिरहन्छ त्यसैले बलराम महतोको विकल्प छैन । मलाई मेरो आँप छापमा अत्यधिक मतले विजयी गराउनुस भन्ने अनुरोध छ । तपाईहरुले एउटा राम्रो छवि मैले जुन एउटा वचन दिइरहेको छु ,एउटा जानकी माताको कसम खाएर म निस्वार्थ रुपमा सेवा गर्ने मेरो प्रतिवद्धता छ ।

 

Comment


Related News

Latest News

Trending News