
जनकपुरधाम । सिद्धार्थ शिशु सदन विद्यालय जनकपुरधामको स्कुल बसले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
जलेश्वर जनकपुरधाम सडक खण्डको सहोडवाको सडक किनारमा पार्किंग गरी राखेको मोटरसाइकल नजिक उभिएको अवस्थामा स्कुल बसले ठक्कर दिँदा पिपरा नगरपालिका–५का पवन यादव घाइते भएका छन् । घाइते यादवको जनकपुरधाम स्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ । सो वडामा स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका यादवले यो घटना जानाजानी गराइएको बताए । यता स्कुल बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।