धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा ११ जना उम्मेदवार रहेका छन् । त्यस मध्ये जनता समाजवादी पार्टी (जसपा) बाट मेयरमा उम्मेदवारी दिएकी सीता यादवको चर्चा यति वेला जिल्लामा मात्र नभइ मधेश प्रदेशमै भइरहेको छ ।
अंग्रेजी, राजनीतिक शास्त्र कानून गरी विभिन्न विषयमा स्नात्तकोत्तर गरेकी धनुषा मिथिला विहारीकी सीता यादव नगरपालिकाको नेतृत्व लिन पुरुष प्रतिस्पर्धी बीचमा पनि अग्र मोर्चामा छिन् ।। राजनीतिकदलहरुले महिलालाई पालिकाको नेतृत्वमा पुरुषलाई अगाडि बढाएको अवस्थामा जसपाले त्यहाँ महिलालाई अगाडि बढाएको पनि त्यो चर्चाको विषय बनेको छ । तर पार्टीले माया गरेर नभइ सीताको संघर्ष, काम गर्न सक्ने क्षमतलाई मुल्याङ्गकन गरी टिकट दिएको बताइन्छ । दिनहुँ घरदैलो र चुनावी सभामा सक्रिय सीताले मिथिलाविहारी नगरपालिकामा आफूप्रति जनताको समर्थन र सहानभूति रहेको बताइन् । विगतमा पुरुषले नेतृत्वको असक्षमता र भष्ट्राचार प्रवृत्तिले नगरपालिका जिल्लामै सबभन्दा तल्लो स्तरमा पुगेको बताउदै सीताले भनिन्,‘ आर्थिक प्रशासनका पुरुषभन्दा महिला राम्रो मानिन्छन त्यस हिसावले पनि म नेतृत्वको लागि सक्षम छुं, जनता पीडामा सदैव अग्रस्थानमा रहेर सहयोग गरेका कारण महिला पुरुष भन्दा कमजोर होइन कि पुरुषभन्दा पनि केपेबल हुन सक्छन् भन्ने विगतको मेरो काम गराईको अवस्थाले स्थानीयजनताले मूल्याङ्गकन गरिरहेका छन् ।’ त्यस्तै जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका दुई महिला चर्चामा छिन् । वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाकी विभा ठाकुर र सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अनिता साहले मेयर पदमा उम्मेदवारी दिएकी छिन् । मधेश आन्दोलनमा पार्टीका पुरुष नेता झंै अग्रस्थानमा रहेर नेतृत्व गरेकी विभा ठाकुर लोसपा पार्टीले टिकट नदिदा ँउनी तमलोपाबाट मेयरमा उम्मेदवारी दिएकी हुन् ।
जनकपुरधाम सीताको नगरी भएको बताउँदै ठाकुरले आफूहरुले सीताको प्रतिनिधित्व गर्दै मेयर पदमा उम्मेदवारी दिएको बताईन । अहिले सम्म जनकपुरको उमपहानगरपालिकाको नेतृत्व पुरुषले गर्दै आए पनि जनकपुरको विकास हुन सकेन, उनले भनिन, त्यसकारण यहाँका जनतासँग मेरो अपिल हो एक पटक नेतृत्वको जिम्मेवारी महिलालाई दिएर हेर्नुस् पक्कै जनकपुरधामको पुरुषको भन्दाले राम्रो तरिकाले काम गरेर देखाउछ ।’ पुरुषभन्दा महिला कुनै पनि हिसाबले कमजोर नरहेको दाबी गर्दै उम्मेदवार ठाकुरले भनिन्,‘ महिला अवसर नपाएर पछाडि परेको सत्य हो । तर अवसर पाए पछि पुरुष भन्दा पनि महिला समक्ष रुपमा नेतृत्व गर्न सक्ने सक्षता राख्दछ ।’ जनमत पार्टीका अनिता साहले जनकपुरधाममा सीतानगरी भएकोले एक पटक महिलालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने बताइन् । बाहिर रुपमा अन्यदलको तामझाम देखिए पनि जनकपुरधामको विकासको लागि महिलालाई नेतृत्व दिनुपर्नेमा सर्वधारणको धारणा चाहना रहेको उनले बताइन् । त्यसैगरी, हंसपुर नगरपालिका–९ मा वडाध्यक्ष पदमा उमेदवारी दिएकी अनिताकुमारी यादवले ग्रामीण भेगका महिलालाई हौसला दिन तथा उनीहरुको जनचेतना बढाउन उम्मेदवारी दिएको बताइन् । गाउँमा महिलामाथि जथाभाबी हिंसा भइरहेको देख्छु,उनले भनिन्, ‘तर, कुनै पनि महिला बोल्ने आँट गर्दैनन् , लोकलाज र प्रतिष्ठा गुम्ने डरले उनीहरू हिंसा सहने गरेका छन् । त्यसकारण यस्ता विकृत्तिलाई बाहिर ल्याउन पनि महिला नेतृत्व आवश्यक छ ।’ धनुषामा प्रमुखपदमा १३ जना महिलाले उम्मेदवारी दिएकी छिन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा चार जनासहितप्रमुख÷अध्यक्षपदमा १३ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिकदलले उम्मेदवार बनाएका छैनन भने सानादल र स्वतन्त्र उम्मेदवार बढी छन् । यस अघिको स्थानीय निर्वाचनमा मेयर पदका एक जना पनि उम्मेदवारी दिएका थिएनन् । यस्तो अवस्थामा राजनीतिमा महिलाको सहभागिता बढ्दै गएपछि महिला सशक्तिकरण हुने तथा महिला हिंसा जस्ता विकृत्तिहरु समाप्त हुनै जाने राजनीतिक विश्लेषक रोशन जनकपुरीले बताए ।
बुद्धिजीवी तथा तमलोपाका केन्द्रीय सदस्य असगर अलीले राजनीतिक पार्टीहरुले महिलालाई अधिकारबाट वञ्चित गर्दै आएकोले अझै पनि महिला नेतृत्वको विकास हुन नसकेको बताए ।