अपडेट 
२०७९ बैशाख २८, बुधबार ०७:३१

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दलहरुको समीकरणलाई बिद्रोही उम्मेदवारहरुले चुनौती दिएका छन् ।

एक्लाएक्लै चुनावी मैदानमा रहेका दलहरुका लागि पनि स्वतन्त्र उम्मेदवारहरु जितको मार्गमा अवरोध बनेका छन् । सत्तारुढ गठबन्धन दलहरुको मेयर र उपमेयरमा साझा उम्मेदवार रहेका छन् ।तर वडामा तालमेल नभएका कारण गठबन्धन दलहरुले साझा उम्मेदवारलाई महत्व दिएको देखिदैन् । नेपाली काँग्रेसले मेयर उम्मेदवारको प्रचारलाई संयुक्त प्रचार सामग्रीमा राखेको छैन् ।माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि मेयर र उपमेयर उम्मेदवार बिनाको प्रचार सामग्री तयार गरेका छन् । तर नेपाली काँग्रेसबाट बिद्रोही उम्मेदवार छन् ।केन्द्रीय नेताहरुले स्थानीय तहलाई वेवास्ता गरेको कारण बिद्रोही उम्मेदवार सशक्त बनेको अधिवक्ता बिपिन कुमार झा बताउँछन् ।‘पार्टीमा लामो लगानी गरेकाहरुलाई उपेक्षा गरिएको परिणाम विद्रोही उम्मेदवार हो’ उनले भने, बिद्रोह गर्न शीर्ष नेताहरुले बाध्य बनाएका छन् । विद्रोही उम्मेवारहरुले गठबन्धनका नाममा समर्पण , निष्ठाको अवमूल्यन र गुटगत मनोविज्ञानको वर्चश्वको भुमरीमा पार्ने कार्य गरी राजनीतिक यात्रा मै विराम लगाउने कृत्य गरी दम्भ प्रदर्शन र चेतावनी दिएका कारण शीर्ष नेताहरुको निर्णय विपरीत जानु परेको बताइ रह्ेक्ँ छन् ।

चुनावमा दलहरुबीच केन्द्रमा भएको गठबन्धनलाई स्थानीय तहमा कार्यान्वयन गराउन जटिल भएको प्राध्यापक परमेश्वर कापडीको कथन छ ।‘गठबन्धन गर्ने नेताहरुले कार्यकर्ताको भावनालाई सम्मान गरेनन्’ उनले भने, तर निर्णयलाई कार्यान्वयन गराउनुको बिकल्प पनि छैन् । गठबन्धन र त्यस बाहिर रहेका दलहरुको चुनावी गणितलाई विद्रोही उम्मेदवारहरुले बिगारेका छन् ।स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन् । प्रचारको दौडमा बिद्रोही उम्मेदवारहरु प्रभावशाली देखिए पनि क्रमिक रुपमा उनीहरु पछाडि पर्दै जाने युवा समाजसेवी प्रमोदकुमार चौधरीको बुझाई छ ।‘मतदानको समय नजिकिएसँगै दलका सदस्य मतदाताहरुको आक्रोश मथ्थर हुँदै गएकोछ’उनले भने, स्वतन्त्र उम्मेदवारलाई दलगत उम्मेदवारको जस्तो संस्थागत संरचना हुँदैन् । जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार जितेको विगतको इतिहास छ ।तर त्यो परिणाम हरेक चुनावमा लागु नहुने कतिपय विश्लेषकहरुको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News