अपडेट 
२०७९ बैशाख २८, बुधबार ०७:३८

पालिका चुनावमा निवर्तमान जनप्रतिनिधिको मूल्यांकनको आधार सफाइ र विकास देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष दीपेन्द्र कुमार साहले पछिल्लो कार्यकालमा सफाई र विकासको कार्यलाई प्राथमिकतामा राखेकाले अधुरा रहेका विकास निर्माणलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु लागु गर्ने उनी बताउँछन् । विपक्षीहरुले अनेक आधारहीन आक्षेप लगाउने गरेको उनी बताउँदै ‘मतदाता सूचीमा गडबडी गरेको निराधार आरोप लगाइएको छ’ उनी भन्छन् –निर्वाचन आयोगले मतदाता अद्यावधि गर्दा दोहरिएको अथवा मृत्यु भएका मतदाताहरुको नाम हटाउने हो । ‘मेरो आमा स्वर्गवासी भएको आठ वर्ष भन्दा बढी भइसकेको र उनको नाउँको चर्चा हुँदा आफ्नो मनै कुँडिएको छ।’–उनले दुःख व्यक्त गरे । विकास निर्माणको कार्यमा अनियमितता भएको निराधार आरोप लगाएर चुनावमा पराजित हुन लागेकाहरुले अनेक गलत आक्षेपहरु लगाउने गरेका छन्’ उनले भने, चुनावमा मतदाताको विश्वास जित्न सक्नु पर्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले टिकट नदिएको गलत प्रचारबाजीमा केही मानिसहरु लागेको उल्लेख गर्दै उनले भने, मधेश आन्दोलनको भावनालाई सम्मान गर्ने दल तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)बाट उम्मेदवारी दिएको छु । वडा नम्बर ३ का मतदाताहरुको रोजाई आफू रहेको बताउँदै काम गरेको मूल्यांकन मतदाताहरुले गरेकाले पुनःनिर्वाचित हुने दाबी गरे ।

Comment


Related News

Latest News

Trending News