अपडेट 
२०७९ बैशाख २८, बुधबार ०७:३७

अब त यो पँक्ति प्रकाशन हुञ्जेल मात्र तीनदिन मतदानको रहने छ । मतदाताहरु कसलाई दिने न दिने निष्कर्षमा पुग्न थालिसकेका हुनेछन् । तर पनि उम्मेदवारहरु आश मारेका छैनन् होला अब त मात्र घर दैलो कार्यक्रम मात्र संभव हुने र त्यो पनि २७ गते सम्मका जस्तो झाउ–झाउ न गर्दे जानुपर्ने बाध्यता हुनेछ । प्रचार प्रसारमा जे जति श्रम, अर्थ ज्ञान खर्च भए पनि अन्ततः निर्वाचनका यी तीन दिन नै निर्णायक हुने कुरामा दुई मत हुने सक्दैन । अहिले सम्म खुदरा मत प्राप्त गर्ने अभियान थियो अव थोकको भाउमा मतहरु संकलन गर्ने बेला आएको छ । जति सतर्क उम्मेदवार त्यति सफलता हात पार्न सकिने । यस पालीको निर्वाचनमा अनुहार बढी अर्थ राख्दैन जस्तो छ । पहिला पनि यस्तै थियो । जसले बढी चित्त बुझायो उनी त्यति मत संकलन गर्न सकथ्यो । कुनै समय मत पाउथ्यो । असल अनुहार, लोककल्याणकारी काम र समाजमा सेवाभावले आ–आफ्नो उपस्थितिप्रति मतदाताको झुकाव, अब त्यो बेला गै सक्यो । अब त मतदाताको व्यक्तिगत प्रशन्नता नै मूल हुन गएको छ त्यसैले मत पाउने हैन, संकलन गर्नु पर्दछ । र यही संकलनको परिपाटी समाजका भर भलादमी सम्झिनेहरु चुनाउबाट अलग्गिन थालिसकेका छन् । तर पनि यसपाली त दिग्गज उम्मेदवारहरु आएका छन् । किन आए आफ्नो सरकारी सेवा, व्यवसाय र काम–धंधा छोडी उम्मेदवार बन्न गएका छन् ।

कतै टिकटबाट, कतै स्वतन्त्रबाट पनि यस्ता रोजगारमा रहेकाहरुबाट मनोनयन पत्र दाखिला गर्नु र अन्ततः पदहरुमा खडा भइ निर्वाचनमा लोभिनुको कारण पछि समाजशास्त्रका अध्येता अनुसन्धानहरुको लागि महत्वपूर्ण विषय हुनसक्ने छ । अहिले भोटको कुरा छ दिनेले दिन सक्नु पर्दछ । उनले संकलन पनि गर्न सक्नु पर्दछ । निर्वाचन आयोगले छ दिनभित्र सम्पूर्ण देशको निर्वाचन परिणाम घोषण गरी सक्ने जनाएको छ । त्यति बेलासम्म उम्मेदवारहरु धित मारेर प्रतिक्षा गरी रहने छन् । परिणाम के होला । अब जहाँसम्म परिणामको कुरा छ । यता तिर पनि केही विचार ग¥यौं । यसपालीको निर्वाचनमा गठबन्धन महत्वपूर्ण फैक्टर भएर आएको छ । यो गठबन्धन किन ? सबैलाई थाहा छ – बलियो एमालेलाई साइजमा ल्याउन यो गठबन्धन गरिएको – गठबन्धनका नेताहरुले नै भन्ने गर्दछन् । अर्काे राष्ट्रिय आवश्यकता, संविधानको सुरक्षा र लोकतांत्रिक पद्धतिको संरक्षण– सम्वद्र्धनको लागि एउटा विशेष परिस्थितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार संघमा आयो । यसले देशलाई ठूलो राहत दिएको दाबी पनि तीनै नेताहरु गर्देछन् । प्रश्न यहाँ निर के आयो भने जुन कारण र उद्देश्यबाट केन्द्रमा गठबन्धन आयो र उक्त गठबन्धनले स्थानीय तहको निर्वाचनमा पनि महानगरपालिका र उप– महानगरपालिकामा अनेकौं प्रयास पछाडि मात्र गठबन्धन गर्न सफल भयो । तर त्यस्ता गठबन्धन आज जोखिममा छ । अनेकौ ठाउँमा गठबन्धन दलको विद्रोही उम्मेदवार चुनाव लड्दैछन् । कोहि राजिनामा दिए कोहि विद्रोही हुदै मनोनयनदर्ता गराए । ठूल–ठूला नेताहरु प्रदेशहरुमा घुमी–घुमी चुनावी सभा गरे । वरु संयुक्त रुपमा पनि गरे । तर पनि गठबन्धनको उद्देश्य अनुरुप पूर्ण रुपमा आफ्नो कार्यकर्ता समर्थकहरुलाई काममा लगाउन सकिरहेका छैनन् । पाँच दलीय गठबन्धनका उम्मेदवार आज झन विजोगमा परेका छन । र यो विजोगको कारण उम्मेदवारको निजी जीवन जति जवावदेह होला त्यसभन्दा बढी गठबन्धनका दलहरु बीच आपसी झन विशवास र अडान नै ठूलो कारण मान्नु पर्दछ ।

अहिलै यसै परिपेक्ष्यमा जनकपुरधाम उप–महानगरपालिकालाई लेउं । लगभग आधादर्जन मेयरका उम्मेदवारहरु समाजमा पहुँच भएकाहरु नै छन् । आ–आफ्नो दलको र स्वतन्त्रहरु आफ्नो निजी विचारको परख गर्न घरदैलो जादैछन् । जे होला, सवैलाई मान्य होला । यहाँ एउटा कुरा भन्नु जरुरी छ । गठबन्धनको (पाँचदलीय) उम्मेदवार लालकिशोर साह हुनुहुन्छ । अन्य दलबाट पनि प्रभावशाली व्यक्तित्वहरु नै मैदानमा छन् । स्वतन्त्र भएर आएका पनि उज्यालो मतलाई नै बोकेका छन् । तब यस्तो अवस्थामा जनकपुर उप–महानगरपालिकाको रुझान कता तिर जाने कसले बताउँला । तर एउटा कुरा के छ भने पाँच दलीय गठबन्धनका दलहरु राष्ट्रिय सोच र केन्द्रीय दलका नेताहरुको भावनालाई सम्झेर एकबद्धता देखायो भन्ने गठबन्धनका उम्मेदवारलाई सजिलो हुन सक्छ.। यसको लागि दलका कार्यकर्ताहरु भएर दलका निर्देश मान्नु पर्दछ । प्रश्न उठदछ– के त्यस्तो होला त ! बस, जनकपुर उप–महानगरपालिका को मेयर–उपमेयर निर्वाचनको आगामी परिणाम यही यक्ष प्रश्नको समाधान खोज्दै जाँदा भेट्टायो भने अनुकूल हुने न भए , के हुने न हुने भन्न गा¥हो हुनेछ ।

Comment


Related News

Latest News

Trending News