अपडेट 
२०७९ बैशाख २८, बुधबार ०७:४१

जगत जननी जानकीको चरित्र हिन्दू नारीहरुको लागि आदर्श मानिएको छ । सीता पतिव्रता, सुचिता, परम पुनीता मानिएकी छिन । यद्यपि उनीमाथि शंका गरी अग्नि परीक्षाको पनि सामना गर्नु परेको थियो भने गर्भावस्थामा वनमा पठाइएको थियो । यसै कारणले मिथिलामा भनिछ सीताको जीवन भरिदुखै दुखले भरियो र सपनामा पनि सुख भएन । रावणद्वारा हरण भएपछि लंकामा अनेको प्रताड़नाको साथ कष्टमय जीवन बिताउनु परेको थियो । तर जानकी आफ्नो चरित्रले मिथिला र कोशल राज्य अयोध्यासमेतलाई सुखी एवं सम्पन्नता हेतु सदा चिन्तित रहेकी हामी पाउँछौं । सीताको जीवन विश्वकी नारीहरुका लागि प्रेरणाको श्रोत बनेको छ, सीताको उज्वल चरित्रको कारणले नै राम पनि पुरुषोत्तम कहलिएको हामी पाउँछौं । सीताको जीवनमा जति पनि घटनाहरु भए सबै अद्वितीय थिए । सीताको जन्म अद्वितीय जस्तो भएको, राजा जनकको हलो जोत्ने बेलामा खेतमा भएको प्रादुर्भाव, त्यस्तै सीता स्वयंवरको घटना अद्वितीय भएको थियो । त्यस्तो स्वयंवर कतै कहिले पनि भएको पाइदैन । जुन शिवधनुषलाई सीता आफ्नो बाल्यकालमा सजिलो सम्म उठाएकी विश्वका महान वीर हरुले उठाउन त के हल्लाउन पनि सकेन । त्यस धनुषलाई विश्वका महा बलशाली राजा र राजकुमारहरु उठाउने पनि सकेनन । रावण र बलशाली वाणा सुर जस्ता वीरहरुले उठाउन त के हल्लाउन पनि सकेन भनिन्छ जगत जननी जानकी शक्ति स्वरुपा थिइन । सीताको प्रसंग रमेश्वर चरित मिथिला रामायणमा महाकवि लाल दास यसरी उल्लेख गर्नु भएको छ । ”हरिक योगमय दृढ जानू जगत स्वरुपा हिनकहि भानू” अर्थात सीता भगवानको योग हुन र जगतको स्वरुपा हुन । जानकी शक्ति स्वरुपा भएको हामी पाउँछौं । महारानी सीता भगवान रामलाई प्रत्येक क्षण शक्तिको रुपमा साथ दिइरहिन ।

भनिन्छ जानकी राम की जीवन संगिनी थिइन यसै कारणले राम राम हुन सक्नु भयो । यति भएर पनि भासमान धवल चरित्र भएर पनि पटक–पटक कलंकको वाणले प्रहार सीता माथि भै रहयो । अन्तमा सीतालाई आफ्नो चरित्रको प्रसंग सफाई दिनु परेको थियो । सीताराम मिश्रद्वारा लिखित प्रज्ञान रामायणमा छ– “यदि राम छोडि़ दोसर पुरुष नै कएलो चिन्तन तखन से पृथ्वी देवी हमरो दिअ शरण अपन” सीता भन्छिन मैले राम बाहेक अरु पुरुषलाई मनमा ल्याएको छैन, हे पृथ्वी देवी मलाई आफ्नो शरणमा लेउ । सीता पृथ्वीमा समाइन । सीता दुखको पीड़ा सहन न सकी पृथ्वीमा प्रवेश गरिन । सदैव सीतालाई राम भन्दा टाढ़ा बस्नु प¥यो तर कहिले पनि राम प्रति यसको लागि दोष लगाएको पाइदैन सीता लंकामा वस्दा चाहे वनमा बस्दा सतत रामकोलागि नै चिन्तित रहेको पाइन्छ । सीता रामको आदेशबाट वन गमन गर्दा पिता जनकजीलाई पत्र पठाउनु भएको कुरा रामायणमा उल्लेख छ । त्यस पत्रमा जानकीले जनकजीलाई आपूm वन प्रस्थान गर्नको वखत अयोध्या आउन मनाही गरेकी थिइन र वनमा गइ सकेपछि मात्र अयोध्या आउन अनुरोध गरेकी थिइन । यसको कारण यो भनिएको थियो कि वनतिर प्रस्थान गर्ने बेलामा जनक जी आउनुभयो भने सीताको वनगमनमा व्यवधान हुन सक्छ तर वनमा गइ सकेपछि जनकजी अयोध्या आउनु भयो भने रामजीलाई हेरचाह एवं शत्वना दिनु आवश्यक थियो । तर आज भोली नारी स्वतन्त्रताको नाममा जो अभियान चलाइएको छ । त्यसले हाम्रो समाज र परिवारको जगलाई नै कमजोर पारेको देखिन्छ । पूर्वीय संस्कृति माथि पश्चिमी संस्कृतिको अतिक्रमणले गर्दा हाम्रो जीवन सम्बन्धी मूल्य छिन्नभिन्न भै रहेको पाइन्छ । आज आधुनिकताको नाममा पश्चिमी संस्कृतिको प्रभावले समाज जुन बाटोमा हिड़ी रहेको छ त्यो परिवारिक विखण्डनको बाटो खोली दिएको छ । नारीले यस कुरालाई बुझ्नुपर्ने हुन्छ कि उसको प्राथमिकता आपूmले जन्म दिएको बच्चा हुनुपर्ने हो नकी नोकरी । अधिकार र सशक्तिकरणको नाउँमा घरमा तनावको स्थिति आउँछ, घर विखण्डित भैरहेको छ , परिवार विखण्डन भइ रहेको छ । सीताको चरित्रले यो दर्शादछ कि आपूm दुख सहेर पनि परिवारलाई विखण्डनबाट बचाउन सकिन्छ ।

यस प्रसंगमा रामको सीता प्रतिको कठोर व्यवहार भनेर केही व्यक्तिहरुले अनुचित बुझ्न सक्नु हुन्छ तर रामको व्यवहार र सीताको त्यस व्यवहार प्रति सहयोग भाव एकअर्काको चरित्रलाई झन उजागर र प्ररणामयी बनाइ दिएको छ । आजको युगमा पनि लाग्ने–स्वास्नीका आपसी सहयोग र सदभाव जीवन भरी बनी रह्यो भने जीवन सफल हुनेमा शंका रहँदैन । रामलाई सीता प्रति शंका कहिले पनि भएन । रामलाई आफ्नो सीता माथि पूर्ण भरोसा र विश्वास थियो । आज त्यस्तो विश्वासको प्रत्येक परिवारमा आवश्यकता छ । सफल जीवनको लागि प्रत्येक रामलाई सीता माथि र प्रत्येक सीतालाई राम माथि विश्वास गर्नेपर्ने हुन्छ । आज पनि सीताको जीवन एउटा आदर्श हो । आज पनि सांदर्भिक छ । परिवारमा राम र सीताको जीवन आदर्श रुपमा मानियो भने त्यसको आवश्यकता अझ बढ़ेको देखिन्छ । आज सानो तिनो कुरामा पनि लोग्ने स्वास्नीमा झगड़ा र कहिले काही कुटा–कुटको अवस्था आइरहेको छ । लोग्ने र कहिले काही स्वास्नीले पनि कुचो र जुत्ता चप्पल समेत एक अर्का माथि उठाउन हिच किचाउँदैन ।

यो आधुनिकताको नाउँमा हुन्छ । लोग्नेले जाँड़ रक्सी खाएर स्वास्नी माथि दुव्र्यवहार गर्छ । मलाई लाग्छ राम र सीताको चरित्रबाट हामीले पाठ सिक्नु पर्छ । सीता र रामको चरित्र आज पनि सांदर्भिक छ । सीताको आफ्ना परिवार सासु– सुरा आदिलाई गरिएको व्यवहार गरियो भने आज विखण्डन भै रहेको परिवारलाई बचाउन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News