अपडेट 
२०७९ बैशाख २९, बिहीबार ०६:४१

नर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएकाले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका सबैले प्रमाणपत्रको आधारमा मतदान दिन पाउने व्यवस्था गरिएको आयोग प्रवक्ता शालीग्राम शर्मा पौडेले जानकारी दिएका छन् । िन र्व ा च न आयोगका सहसचिव एवं प्रवक्ता पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएका छन् । उनले शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र वितरण गरिने बताए । यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । मतदातालाई अन्योलमा नपर्न आग्रह गर्दे आफ्ना प्रमाण खुल्ने आधारहरु प्रस्तुत गरी मतदानमा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्ने जानकारी समेत दिइएको छ । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ– आप्mनो मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

please subscribe our official youtube channel below. and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

Comment


Related News

Latest News

Trending News