२०७९ बैशाख २९, बिहीबार ०७:२६

रेड टेलिभिजनले रामा यादव पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

टिभिका संचालिका स्वर्गीय रामा यादवको प्रथम पुण्य तिथिको अवसरमा सो पुरस्कारको घोषणा गरिएको हो । कोभिड १९ को दोस्रो लहरको बेला २०७८ बैशाख २८ गतेका दिन अल्पायुमा यादवको दुखद निधन भएको थियो । जय रामा मिडिया प्रा लिका संचालक रामा यादवको श्रीमान् नेपाल पत्रकार महासंघ रौतहटका पूर्व उपाध्यक्ष जय प्रकाश यादवले पुण्य तिथिको अवसरमा उक्त पुरस्कारको घोषणा गरे । पत्रकारिता क्षेत्रमा कार्यरत रहेका महिला पत्रकारहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रामा यादव स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कारको रकम २६ हजार १ रुपैयाँ रहेको स्मृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश यादवले जानकारी दिए । प्रथम स्मृति दिवसको अवसरमा जयरामा मिडिया प्रालि गौर ५ द्वारा आयोजित घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले प्रदेश सरकारको कार्यप्रति आक्रोश व्यक्त गर्दै मधेश प्रदेश सरकारले पत्रकारसित विभेद गरेको आरोप लगाए ।

कोरोना महामारीको बेलामा पत्रकारिता पेशामा कार्य गर्ने संचारकर्मीहरुलाई कोरोना संक्रमणबाट मृत्यु भएमा क्षतिपूर्ति दिने घोषणा गरेको मधेश प्रदेश सरकारलाई कोरोनाबाट मृत्यु भएकी रामा यादव , मनोज कुमार चौधरी लगायतका मृतक परिवारलाई क्षतिपूर्ति दिनु पर्ने पटक–पटक दबाब दिँदा पनि कुनै वास्ता नगरेको झाले बताए । पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बरिष्ठ पत्रकार विनय कुमार लालदास , नेपाल पत्रकार महासंघका पूर्व सभापति रवीन्द्र प्रसाद साह , संचारकर्मी प्रभात कुमार झा राकेश कुमार यादव लगायतका पत्रकार हरुले यो पुरस्कारले स्वर्गीय रामा यादवको सम्झनालाई सधैँभरि याद आइरहने र पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे।

Comment


Related News

Latest News

Trending News