२०७९ बैशाख २९, बिहीबार ०७:२९

आसन्न स्थानिय तह निर्वाचनलाई भय रहित र सुरक्षित वातवरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीले एक सूचना जारी गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा २ सय ९७ मतदान स्थल र ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । उक्त सबै स्थानमा निर्वाचन कार्यालयबाट खटाइएका कर्मचारी र नेपाल प्रहरी निर्वाचन सम्बन्धी सामग्रीकासाथ परिचालन भइ आवश्यक सुरक्षा र अन्य व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । “मतदान सुरु भएदेखि मतगणनाको अन्तिम परिणाम नआउन्जेलसम्म सबै मतदान स्थल र तोकिएका मतदान केन्द्रमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुने छ । उनले भने, मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि आवश्यक सबै तयारी गरिएको छ ।”

मतदान स्थलमा कुनै पनि अमर्यादित र अशान्ति मचाउने प्रयास भए त्यस्तो कार्यमा संलग्नलाई आवश्यकता अनुसार बल प्रयोग गरी नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही गरिने उनले बताए । जिल्लाका मतदान केन्द्रहरुलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News