अपडेट 
२०७९ बैशाख २९, बिहीबार ०८:०२

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय सुस्त देखिएको छ ।

विगतभन्दा ३० मा हुन गईरहेको मतदानको प्रकृति फरक भए पनि मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले मतदाता शिक्षा तथा मतदातालाई जनचेतना जगाउने उद्देश्यले खासै कुनै गतिविधि गरेको छैन । विगतमा मतदान अघि नयाँ मतदाता तथा वृद्धवृद्धालाई लक्षित गरी मतदाता शिक्षा संचालन हुने गरेकोमा यस पटक आयोगले नै मतदाता शिक्षा कार्यक्रम हटाइएकोले झन नयाँ मतदाता र वृद्धवृद्धाहरुले दिने मत बदर हुने सम्भावना बढेको छ । यस्तोमा नमुना मतदान गराएर त्यसको परीक्षण गनुपर्ने हुन्छ । तर मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले २५ भदौमा नै नमुना मतदान गरेका थिए । तर ती नमुना मतदानमा मतदाताको अवस्थामा कस्तो थियो, कति प्रतिशत मत बदर भयो ? लगायतका विषयमा अहिले सम्म निर्वाचन कार्यालयले सार्वजनिक नै गरेका छैनन् ।

मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख श्रीधर पन्थीले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको एक मतदान केन्द्रमा नमुना मतदान गरिए पनि समयको अभावमा त्यो अहिले सम्म सार्वजनिक गर्न नसकिएको स्वीकार गरे । ‘नमुना मतदानको परिणाम अहिले सम्म समयको अभावले सार्वजनिक गर्न सकेनौ, उनले भने, अव भोलि सम्ममा सार्वजनिक गर्ने योजना बनाएको छु ।’ एक प्रश्नमा उनले भने,‘ त्यो बेला नै सार्वजनिक गर्नुपर्ने हो । तर जनशक्तिको अभावमा गर्न सकेनौ ।’ धनुषामा प्रत्येक मतदान अधिकृतलाई मतदान केन्द्रस्थलहरुमा २८ र २९ गते नमुना मतदान गर्न पत्राचार गरिएको उनले बताए ।

please subscribe our official youtube channel below. and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

Comment


Related News

Latest News

Trending News