२०७९ बैशाख २९, बिहीबार १२:४८

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अध्यक्ष अन्सारीले मौन अवधिको समयमा पैसा बाँडिरहेको भन्ने सूचनाको आधारमा उनलाई जनकपुरधामको सीताशरण होटलको ३०५ नम्बर कोठाबाट पक्राउ गरेको हो ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले अध्यक्ष अन्सारीलाई पक्राउ नगरिएको दाबी गरेका छन् । यो एकदम गलत समाचार हो, उहाँ जनकपुर भ्रमणको क्रममा होटल सीताशरणमा बस्नु भएको थियो, उहाँलाई बिना कारण नेकपा एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्ट सम्म छोड्नका लागि सुरक्षा दिएका हौं । डीएसपी क्षेत्रीले भने पैसा भेटेको कुरा गलत छ, त्यस्तो केही भएको छैन् ।

साथै प्रहरी उपरीक्षक वसन्त रजौरेले संवैधानिक आयोगको अध्यक्षलाई चेकजाँच गर्ने अधिकार नरहेको र सुरक्षालाई ध्यानमा राखेर विमानस्थलसम्म प्रहरीको गाडीमा पुर्याइएको बताए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g

Comment


Related News

Latest News

Trending News