२०७९ बैशाख २९, बिहीबार १३:४२

सर्लाही प्रहरीले झण्डै १४ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ निवासी १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् ।

प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा लागू औषध गाँजा बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट १३ किलो ९ सय ग्राम गाँजा बराद गरेको छ । पक्राउ परेका रुस्तमको बिषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News