मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेता रघुविर महासेठले आफूसंग बदला लिन नियोजित ढंगले चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् । बिहिवार जनकपुरधामस्थित सीता शरण होटलमा केहि यूवाहरुले होहल्ला गरि पैसा बाडिँरहेको आरोप लगाएपछि, प्रसाशनको रोहबरमा होटलबाट निस्केका अन्सारी काठमान्डौमा पत्रकार सम्मेलन मार्फत नियोजित ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन ।
अन्सारीले आफू विशुद्ध आयोगको पदाधिकारी मात्र रहेको र कुनै राजनितिक पार्टीको नेता वा कार्यकर्ता नरहेकोले अरुको दबाबमा काम नगर्ने गरेकोले एमालेका रघुभीर महासेठ र जुली महतोले नियोजित ढंगले एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा आएका केहि कार्यकर्ताले आफू विरुद्ध झुठा आरोप लगाई नाराबाजि गरेको बताए ।
अन्सारीले जनकपुरधाममा आफूमाथि भएको दुव्र्वहार प्रति सरकारलाई ध्यानाकर्षण गराउँदै, दोसीमाथि कारबाही गर्न आग्रह गरे ।
please subscribe our official youtube channel below. and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

