२०७९ बैशाख ३०, शुक्रबार ११:३९

मधेसका विभिन्न जिल्लाका मतदान स्थलहरुमामा झडप भएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकामा वडा नम्बर २ र वडा नम्बर ४ को मतदान केन्द्रमा मतदान रोकिएको छ । दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको प्रहरीले जनाएको छ । वडा नम्बर २ मा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

तनावपूर्ण स्थिति भएपछि दुवै केन्द्रमा मतदान रोकेको र घटनास्थलमा थप प्रहरी तथा सेना पठाइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै, बाराको पचरौता नगरपालिका-२ र ४ मा पनि झडप भएको छ।

झडपका कारण पचरौता नगरपालिका-२ को बेलडारीमा मतदान स्थगित भएको छ । वडा नम्बर ४ मा रहेको त्रिनगर बैरिया प्राविमा रहेको मतदानस्थलमा भने फेरि मतदान सुरु भएको छ ।

Please Subscribe our official youtube channel And Support Us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g

 

Comment


Related News

Latest News

Trending News