२०७९ बैशाख ३०, शुक्रबार १७:४८

स्थानीय तह निर्वाचनको मतदानका लागि निर्धारित समय सकिएकाे छ । बिहान ७ बजेदेखि शुरू भएकाे मतदान प्रक्रिया साँझ ५ बजे समाप्त भएकाे हाे ।

यद्दपी  साँझ ५ बजेभित्र लाइनमा बसेका मतदाताले मतदान गर्ने क्रम जारी रहेकाे निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार साँढे ४ बजेसम्म ५५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

अन्तिम विवरण आउन केही समय लाग्ने आयोगले जनाएकाे छ । देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिएर मतदान सुचारू भएकाे थियाे ।

त्यस्तै, केही जिल्लाका केही मतदान स्थलमा देखिएकाे  विवादका कारण मतदान स्थगित भएकाे छ ।

Comment


Related News

Latest News

Trending News