अपडेट 
२०७९ जेष्ठ १, आईतवार १२:०४

सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको  छ । महासंघले आजको मूल्यसूची तोक्दै तोलामा १३ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, २९ गते तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, आज १३ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ छ ।

यस्तै, जेठ २९ गते प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s

Comment


Related News

Latest News

Trending News