अपडेट 
२०७९ जेष्ठ २, सोमबार ०७:२३

हिन्दुहरुको महान चाड दशैमा सबैतिर चहलपहल हुन्छ । तर जनकपुरधामका महिला अधिकारकर्मीहरुमा दशैको रौनकता भन्दा पनि महिला अधिकारका लागि चहलपहल सुरु हुन्छ ।

यो क्रममा कुनै एक सालदेखि नभइ करिब ५ वर्षदेखि चल्दै आएको छ जनकपुरधाममा । यसको पछाडिको कारण हो दशैँमा जनकपुरधामको राजदेवी मन्दिरमा पहिला प्रवेश निषेध । अन्य दिन महिलालाई राजदेवीको पूजापाठ गर्न कुनै अवरोध नभए पनि दशैंको घट्स्थापना देखि विजयदशमी सम्म महिलालाई सो मन्दिरमा प्रवेश निषेध गरिने चलन रहेको छ । सोही विषय लिएर महिला अधिकारकर्मीहरुले करिब ५ वर्षदेखि दशैंमा धर्ना प्रदर्शन देखि महिला अधिकारका लागि अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै आएका छन् । २०७७ सालमा जनकपुरधामकी अधिवक्ता रेखा झाको अगुवाईमा दर्जनौ महिलाहरुले मन्दिरमा प्रवेश पाउनु पर्ने भन्दै मन्दिरको मूलद्वारमै बसेर कयौ दिन धर्ना प्रदर्शन गरे पनि स्थानीय प्रशासनले उनीहरुको माग सम्बोधन गर्न सकेनन् । राजदेवी भनेको देवी र महिला पनि देवी नै हो तर पनि किन एक देवीलाई दोस्रो देवीसँग भेट्न नदिने ीमानको दिर्घायुका लागि तीज,श्रीमान तथा बालबच्चाको लागि जितिया पर्व अनिवार्य रुपमै गर्ने गरिन्छ । दलित महिला अधिकारकर्मी मुन्नि दासले भनिन् महिलाले हरेक पूजा परुष कै लागि गर्छिन ,जस्तोकी अविवाहित हुँदा राम्रो श्रीमान पाउन र विहे भए पछि श्रीमानको दीर्घायुको लागि उनको जीवन नै पुरुषप्रति समर्पित हुन्छ । अहिले सम्म कुनै पुरुषले महिलाका लागि व्रत वा कुनै धार्मिक कार्य गरेको सुनेको छुईन्, , तर त्यही महिला एकल भएपछि उनीसँग धर्मको नामामा पनि विभेद गरिन्छ ।’’ विस्तारै यो रुढीवादी परम्परा विरुद्ध अवाज उठ्दै गाएको उल्लेख गर्दै उनले भने,यो सरासर अन्याय हो, यस्ता विभेदका विरुद्ध महिलाहरु एक हुनुको विकल्प छैन ।‘

यसका पछाडि धर्म संस्कृतिका ठेकेदारहरु नै हुने गरेको दाबी गर्दै उनले भनिन्, आज सम्म कुनै महिलालाई मठ मन्दिरको पुजारी बनाईएको छ ? छैन, त्यसकारण महिलालाई अझै पनि हाम्रो समाजमा धार्मिक हिसाबले कमजोर देखिन्छ । ‘धर्ममा महिलालाई सम्मान दिएपनि पुरुष प्रधान समाजमा त्यसको विपरीत रहेको उनको भनाई छ । ‘श्रीमति गुमाएका पुरुषले तत्काल अर्को विहे गर्न पाउने तर श्रीमान गुमाएकी महिलाले विहे गर्दा उनी माथि विभिन्न लान्छना तथा फरक दृष्टीले हेर्ने हाम्रो समाजको प्रवृति हो,’ उनले भनिन् । पछिल्लो समयमा केही श्रीमान गुमाएका महिलाले अर्को पुरुष सँग विहे गरेको पाइन्छ । तर मधेशका व्राम्हण र कायस्थ लगायतका जातिमा अझै पनि पूर्ण रुपमा एकल महिलाले अर्को विहे गर्न नसक्ने अवस्था कायमै रहेको छ । मासिकधर्मको नाममा विभिन्न कार्यबाट वञ्चित उमेर पुगेका महिलाहरुमा प्रत्येक महिनामा हुने मासिक धर्म अर्थात महिनावारीका कारण उनीहरुलाई विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यबाट वञ्चित गर्ने गरेको पाइएको छ । महिनावारी भएको समयमा घरमा रहेको गोसाई पूजादेखि सो घरमाप्रवेश गर्न नसकिने परम्परा रहेको पाइन्छ । कुनै कुनै परिवारमा महिनावारी भएको महिलालाई खाना पकाउन पनि रोक लगाईने चलन छ । महिला अधिकारकर्मी मुन्नि दासले भन्छिन्, मासिकधर्म प्रत्येक महिनामा हुने प्राकृतिक प्रक्रिया हो ।

तर यसको आडमा महिला नै अशुद्ध हुने भन्नु गलत हो ।’ यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले धार्मिक विभेदका घटनाहरु आफूहरु कहाँ नआएको बताए । महिला हिंसा का घटना आए पनि धार्मिक विभेद नै भनेर त्यस्तो कुनै घटना आफूुहरु कहाँ नआएको उनले बताए । त्यस्ता घटना आएपछि आफूहरुले कानून अनुसार गर्ने गरिने बताए ।

Comment


Related News

Latest News

Trending News