अपडेट 
२०७९ जेष्ठ २, सोमबार ०७:२८

विश्वको एक मात्र हिन्दु राष्ट्र, प्राकृतिक सौन्दर्य एवं मनोरम दृश्यले भरिएको सुन्दर एवं शान्त हिमाली देश नेपाल लामो समयसम्म विश्वकै पर्यटकलाई आकर्षित गर्ने थल्लोको रुपमा रही आएको छु । माओवादीको एक दशक लामो सशस्त्र संघर्षका दौरान भएका हत्या हिंसा, तोडफोड विस्फोट तथा बन्द हडताल लगायतका घटनाहरुका कारण तथा त्यसपछि देशमा उत्पन्न राजनितिक अस्थिरता र विगत २ वर्षको कोभिड–१९ को कारण पनि नेपालको पर्यटन क्षेत्र विगत साढे दुई दशक देखि अपेक्षित रुपमा प्रगति गर्न सकेको छैन । नेपाल पहाड, हिमाल, जङ्गल र तालहरुका कारण मात्रै होइन यो आफनो धार्मिक एवं सांस्कृतिक विरासतको सम्पुर्ण संरक्षण, सम्मान एवं विकास गर्न सक्यो भने नेपालमा वर्सैनी लाखो धार्मिक पर्यटकलाई पनि आकर्षिक गर्न सक्दछ । दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपालको लुम्बिनी क्षेत्रलाई विश्वकै पर्यटकहरुलाई पनि आकर्षित गर्ने थालेको रुपमा विकसित गर्न सकिन्छ । भगवान गौतम वुद्धको जन्म भुमि लुम्बिनी विश्का बृद्ध धर्मावलम्बिहरुको निम्त आस्था एवं विश्वासको केन्द्र रही आएको छ वृद्ध मार्गीहरु निमित रुपमा नेपाल तथा लुम्बिनी आउने पनि गर्दथे तर माओवादीको सशस्त्र संघर्षका कारण कायम भय त्रास एवं अविश्वासलाई अन्तय गर्न मोदी जस्ता विश्व नेताको भ्रमण आवश्यक थियो । भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ जनकपुर र मु्क्तिनाथमा दर्शन गरे पश्चात त्यहा भारतीय र विदेशी पर्यदकहरु पनि नियमित रुपमा नेपाल आउने क्रम बढेको छ । उनको लुम्बिनी भ्रमणले अब लुम्बिनी भ्रमणमा आउन पनि विदेशी तथा भारतीय पर्यदकहरुको आकर्षित गर्नेछ । भगवान गौतम बुद्धको जन्म ज्ञान प्राप्ति तथा महा निर्वाण भएको तिथिलाई भ्रमणको निम्ती शुभ साईत ठान्नु स्वागत योग्य हो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल र नेपाली प्रति विशेष आकर्षक रही आएको छ ।

सन्तान धर्म सस्कृतिको संरक्षण एवं सम्वर्धनमा उनले गरिरहेको योगदानको सम्मान र कदर ईतिहासले पनि गर्नेछ । नेपालको पर्यटन विकासमा मोदीको भुमिका प्रभावकारी सावित हुदै आएको छ । भारतीय प्रधानमन्त्री मोदी सर्वप्रथम सन २०१४ को मध्यमा नेपाल आउैदा उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले पशुपतिनाथ मन्दिरमा गएर पुजा अर्चना गरेपछि मात्रै नेपाल र भारतका अधिकांश राजनितिककर्मि, लोकतन्त्रवादी, समाजवादी र बामपन्थीहरु समेतले पनि मन्दिर जानवाट डराउन छोडेका छन । त्यस भन्दा अघि सम्म मन्दिरमा पुग्नु आफु माथी हिन्दुवादी भएको आरोप लाग्ला कि भन्ने डर देखिन्थो । पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउनेहरुको भिड नियमित रुपमा वढदै गएको छ । काशीको विश्वनाथ र काठमाण्डौंको पशुपतिनाथ माथी उनको गहिरो आस्था एवं विश्वास रहीआएको छ भनिन्छ । केदारनाथको दर्शन गर्नेले पशुपतिनाथको दर्शन पनि गर्नेपर्छ । मोदीले जनकपुरको भ्रमण गरेपछि त्यहा पनि भारतीय तीर्थालोहरु आउने क्रम बढेको छ । मुक्तिनाथ अलि भौगोलिक विकटताको ठाउँ अवश्य पनि हो । मोदीले मुक्तिनाथको भ्रमण एवं पुजा अर्चना गरेपछि मुक्तिनाथ विश्व भरि नै चर्चामा आएको छ । मुक्तिनाथको भ्रमणमा आउने पर्यटकहरुको संख्या वढेको छ । मोदीले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीमा पनि भारतीय र विदेशी पर्यटकहरु आउने सम्भावनामा वृद्धि हुनेछ । जब भैरहवा तथा सिमावति भारतकको कुसिनगरमा समेत अन्तराष्ट्रिय विमानस्थलको निर्माण भएका कारण पर्यटकहरुलाई नेपालको लुम्बिनी आउन सजिलो हुनेछ । नेपाल भएर लुम्बिनी जाने र कुसिनगर भएर लुम्बिनी जाने पर्यटक एवं तिर्थालुहरुको संख्यामा पनि निरन्तर रुपमा वृद्धि हुनेछ । पर्यटन क्षेत्रको विकास भएसँगै रोजगारको अवस्था पनि सृजना हुने छ ।

पर्यटनलाई उद्योगको रुपमा पनि विकसित गर्न सकिन्छ । आवश्यक भौतिक पुर्वाधारको निर्माण, शान्ती एवं सुरक्षाको अवस्था तथा मैत्रीपु्र्ण वातावरणको निर्माण भएमा पर्यटकहरुलाई आकर्षिक गर्न सकिन्छ । विगतका दिनमा पनि नेपाल पर्यटकहरुको निम्ति आकर्षकको केन्द्र रही आएको हो । मोदीले लुम्बिनी भ्रमणले पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन प्रेरित गर्नेछ । नेपालका हिमाल र पहाडी क्षेत्र, यहाका मनोरम दृश्य तथा धार्मिक तीर्थ स्थलहरु, पुराना राजदरवारहरु मठ मन्दिर र गुम्बाहरु पर्यटकलाई आकर्षित गर्न सकिने थलोको रुपमा रहेका छन । मोदी नेपालको पर्यटन क्षेत्रलाई ठुलो भुमिको निर्वाह गर्दै आएका छन । उनको । भारतीय प्रधानमन्त्री मोदी आफनो पहिलो कार्यकालमा चार पटक नेपालको भ्रमण गर्नु भएको थियो । सनातन धर्म संस्कृति माथि गहिरो आस्था राख्ने मोदीले, आफनो पहिलो कार्यकालमा पशुपतिनाथ, जनकपुरधाम तथा मुक्तिनाथ जस्ता पवित्र धार्मिक मन्दिर एवं देवस्थलको भ्रमण गर्नुले नेपालमा भारतीय सहित अन्य विदेशीहरुलाई समेत नेपाल भ्रमणमा आउन प्रेरित गरेको छ । सनातन धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रसारका निम्ति नै उनले रामायण र बुद्धिष्ट सर्किटको प्रस्ताव पनि गरेका छन् । रामायण सर्किटको निर्माणको दिशामा पाईला पनि बढाउने काम भई सकेको छ । भगवान गौतम बुद्धको जनम, ज्ञान प्राप्ति तथा उनले देहावसान गरेको तिथि बैशाख पुर्णिमाकै दिन यस वर्ष मोदीले नेपाल भ्रमणमा आउनु संयोग मात्रै होइन यो नेपालप्रतिको तथा सनातन धर्म संस्कृति एवं भगवान गौतम बुद्ध प्रतिको उनको विशेष निष्ठा–भावलाई दर्शाउँछ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रुपमा दोश्रो पटक निर्वाचित भएपछि हुन लागेको उनको यो पहिलो नेपाल भ्रमण हो । बुद्ध पूर्णिमाको अवसरमा विश्व सम्पदा सुचीमा सुचीकृत बुद्धको जन्म स्थल लुम्बिनीको भ्रमण गर्ने मोदीको योजनाले आगामी दिनमा यसलाई झन बढी पर्यटकीय एवं आकर्षक स्थल बनाउनमा सहयोगी सावित हुनेछ ।

मोदकिो लुम्बिनी भ्रमणको अवसरमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउबा र भारतका प्रधानमन्त्री मोदी दुवै जना लुम्बिनीमा हुनेक कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले द्धीप प्रज्जवलन गर्ने कार्यक्रम छ । कोभीड–१९ महामारी मत्थर भए सँगै प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नु भएको छ युरोपको सफल भ्रमण सकिए लगत्तै उनी नेपाल भ्रमणमा आउन लागेका छन् । अहिले विश्व नेताको रुपमा चर्चित मोदीले सन् २०१४ मा र सन् २०१८ मा दुई–दुई पटक नेपाल भ्रमणमा आउनु भएको थियो । सन् २०१४ को नेपाल भ्रमणमा नै उनले लुम्बिनीको भ्रमण गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री आफैंले केही समय अघि उद्घाटन गरेको कुशीनगर अन्तर्राष्ट्रिय हवाई अड्डामा अवतरण भएर लुम्बिनी आउनेछन् । कुशीनगरवाट हेलिकोप्टरमा लुम्बिनी आउनेछन् । २५६६ औं बुद्ध जयन्ति पनि यस वर्ष तीन दिन सम्म मनाईने भएको छ । भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तुप उत्तर बिहार बनाउन लागेको छ । यसलाई १ अर्ब भारतीय रुपैयामा तीन वर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । भगवान गौतम बुद्धको जन्मस्थललाई लिएर यदाकदा विवाद पनि उत्पन्न भएको पाईन्छ ।

गौतम बुद्धको जन्म अहिलेको लुम्बिनी (नेपाल) मा भएको थियो भने उनी जुन देशका राजकुमार थिए ।त्यसको राजधानी अहिलेकोभारतमा पर्छ । जगद् जननी जानकाी प्रकट भएको भुमी (पुनौराधाम, सीतामढी) अहिले भारत (बिहार) मा पर्छ भन्ने उनी मिथिलाकी राजकुमार थिए । राजा जनकको राजधानी जनकपुर (अहिलेको नेपालमा) थियो । तसर्थ ऋषिमुनिहरु, महापुरुषहरु र देवी देवता प्रकट भएको अथवा जन्म लिएको ठाउँ अहिलेको नेपाल अथवा भारत जे भए पनि हामी दुवै (नेपाल र भारत) एउटै सभ्यता, संस्कृति, मान्यता, उपासना, धार्मिक मान्यताका साझा उत्तराधिकारी हौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जगद् जननी जानकीको राजधानी जनकपुर (नेपाल) हुँदै भगवान राम समेतको जीवनगाथा सित जोडिएका पवित्र स्थलहरुलाई समेटने गरी रामायण सर्किटको प्रस्ताव गर्नु भएको छ भने भगवान बुद्धको जन्मस्थल लुम्बिनी र उनले ज्ञान प्राप्त गरेका बिहारको गया तथा निर्वाण प्राप्त गरेको कुशीनगरलाई समेत समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्ने प्रस्ताव गरेका छन् । उनको यस लुम्बिनी भ्रमणले बुद्ध सर्किटको निर्माण कार्यलाई सक्रिय बनाउनेछ । रामायण र बुद्धिष्ट सर्किटको निर्माणले नेपाल र भारतका मात्रै होईन अपितु विश्वभरिकै पर्यटकलाई आकर्षित बनाउनेछ किनभने सनातन धर्म संस्कति भित्र रहेको ज्ञान, विज्ञानले व्यापकता लिएको छ । यसलाई सिमित न त राख्न सकिन्छ, न त यो रहन नै सक्दछ ।

Comment


Related News

Latest News

Trending News