२०७९ जेष्ठ २, सोमबार ०७:५३

जनकपुरधाममा तराई मधेश लोकतान्त्रिक पार्टीको खाता खुलेको छ । जउनपा–३को वडाध्यक्षमा दीपेन्द्र साह निर्वाचित भएका छन् ।

तमलोपाका उम्मेदवार साहले २ सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनी यस अघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका साहले पछिल्लो निर्वाचनमा विजयी हासिल गरेका थिए । राजपा हुँदै लोकतान्त्रिक पार्टी सम्मको यात्रा गरेका वडाध्यक्ष साहले निर्वाचनमा लोसपाले टिकट नदिए पछि लोसपाबाट छुट्टिएर बनेको दल तमलोपामा प्रवेश गरेका थिए । साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिललाल दासलाई मात्र १७ मतको अन्तरले पराजित गरेका छन् । साहका निकटतम प्रतिद्वन्द्वी सुनिलले भने २ सय ५९ मत ल्याएका छन् । त्यसै गरी जनकपुरधाम उपमहानगरपालिका–२ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । आइतबार जारी मत परिणाम अनुसार जउनपा–२का अध्यक्षमा नेपाली कांग्रेसका शिव कुमार साह ६ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एसका अशोक कुमार गुप्ताले २ सय ९५ र नेकपा एमालेका संतोष कुमार साहले १ सय ५७ मत ल्याइ तेस्रो स्थानमा रहेका छन् ।

यस्तै कांग्रेसबाटै महिला सदस्यमा सीता देवी साह ५ सय ५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५ सय ५३, सदस्य अमित कुमार साह ४ सय ९९, महेश खत्वे ४ सय २३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ । यस अघि आइतबार बिहानै आएको मत परिणाम अनुसार जनकपुरधाम उपमहानगरपालिका– १ मा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १ सय ४३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लभ कुमार अधिकारीले ५ सय ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरूमा मतिया देवी सदा मुसहर १ हजार १ सय २२, शारदा पन्त १ हजार १ सय १९, विजय कुमार साह ९ सय ५६ र मनोज कुमार पूर्वे ९ सय २० मत ल्याइ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुधामले जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

Comment


Related News

Latest News

Trending News