अपडेट 
२०७९ जेष्ठ २, सोमबार ०९:३५

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो ।

१५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

धनौजी वडा नम्बर २ मा १ हजार ६९४ मत हुनुपर्नेमा सोभन्दा बढी मत मतपेटिकामा फेला परेको जनाइएको छ ।  मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह १५१४ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपाल जिवेन्द्र झा १ हजार १५६ मतसहित दोस्रो स्थानमा छन् ।

एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप, एक जना असइ घाइते  

गाउँपालिकामा एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ ।

मतपेटिकामा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ताहरुले विरोध गरेका थिए । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा १ जना प्रहरी सहायक निरीक्षक असई घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।

अहिले जिल्लाबाट डिएसपी दिपक राय नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको छ ।  धनौजी गाउँपालिका–२ स्थित मतगणना स्थलमा एकीकृत समाजवादीका ४ सय भन्दा बढी कार्यकर्ताले घेरा हालेर ढुंगामुढा गरेका छन् । धनौजी वडा नम्बर– १ को खसेको मत मिलाउँदा १५ मत बढी फेला परेको थियो ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g

Comment


Related News