धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।
नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए ।
यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका लागि हाललाई मतगणना कार्य अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको हो।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s