सार्वजनिक भएको नतिजा अनुसार सर्लाहीको दुई वटा पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
सोमबार बिहान घनकौल गाउँपालिकामा नेपाली काँग्रेसको पुरै प्यानलको जित भएको केही घण्टा नबित्दै हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको सार्वजनिक भएको छ । घनकौलको प्रमुखमा राम आश्रय साह र उपप्रमुखमा अकलि देवी सहनी निर्वाचित भएका छन् भने हरिपुर नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसबाट गोपाल पंजियार र निलम राय विजयी भएका छन् । पंजियारले ६ हजार ९ सय ३८ मत ल्याएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३ हजार ८ सय ८६ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा रायले ५ हजार ५ सय ५२ मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरेकी छिन् ।
९ वटा वडा रहेको हरिपुर नगरपालिकामा वडा न–१र ३ मा माओवादी, वडा न– २ र ४ मा एमाले,वडा न– ५,६ र ७ मा काँग्रेस तथा वडा न– ८ र ९ मा एकीकृत समाजवादीका वडाअध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जनाए । यो सँगै सर्लाहीको २० वटा पालिकाहरु मध्ये दुई पालिकाको मतपरिणाम अनुसार नेपाली कांग्रेस २ स्थानमा जितेको छ ।