राजनीतिक दलहरुको बीचको विवादको कारण धनुषाको दुई पालिकामा सोमबार बिहानैदेखि मतगणना रोकिएको छ ।
जिल्लाको धनौजी गाउँपालिका र नगराईन नगरपालिकामा मतगणनाको क्रममा दलहरु बीच विवाद हँुदा मतगणना कार्य सोमबार बिहानैदेखि दुबै पालिकामा रोकिएको हो । धनौजी गाउँपालिकामा दलहरु बीचको विवाद उग्र रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौ राउण्ड आश्रुग्यास र हवाई फायर समेत गरेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गापा अध्यक्षका उम्मेदवार राजकुमार यादवले प्रहरीले गरेको हवाई फायरको क्रममा आफ्ना एक कार्यकर्ताको गोलीको छररा समेत लागेको बताए । यादवका अनुसार उपचार पश्चात उनको अवस्था सामान्य रहेको छ । धनौजी गाउँपालिका–१ लखौरी टोलको मतगणनाको क्रममा पोलिङ्ग भन्दा बढी मत पत्र फेला परे पछि दलहरु बीच विवाद उत्पन्न भएको थियो । विवाद हुनु अघि वडा नम्बर ३,४ र ५ को मत सार्वजनिक भइसकेको थियो । ति वडाहरुमा कांग्रेसको उम्मेदवारहरुको राम्रो अवस्था नभए पनि मत पत्रमा उनीहरु जिते पछि हामीले स्वीकार ग¥यौं, नेकपा एसका उम्मेदवार यादवले भने,‘ वडा नम्बर १ मा पोलिङ्ग भन्दा करिब २०÷२५ मत बढी भएपछि म लगायत अन्य पार्टीका साथिहरुलाई शंका लागेको हो ।’
निर्वाचनमा कांग्रेसले धाँधली गरेको भन्दै वडा नम्बर १ देखि ५ सम्मको पुनः मतदान हुनुपर्ने माग सहित आफूहरु मतगणना स्थगित गराएको उनले बताए । यता, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितको टोली धनौजी सर्वदलीय बैठक बोलाएका छन् । तर अहिले सम्म कुनै निर्णय हुन सकेको छैन । कांग्रेस वाहेकका सबै दल पुनः निर्वाचनको माग गरिरहेको छ भने स्थानीय प्रशासनले मतपेटिका खुलिसकेको अवस्थामा पुनः मतदान हुन नसक्ने अडानमा रहेको छ । त्यसैगरी धनुषाको नगराईन नगरपालिकामा पनि मतगणना विषयमा दलहरु बीच विवाद हँुदा सोमबार बिहानैदेखि मतगणना रोकिएको छ । त्यहाँ पनि लोकतान्त्रिक समाजवादी (लोसपा)सहितका दलहरुले कांग्रेसले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै मतगणना कार्य रोकेको छ । नगराईन नगरपालिका–२ मा मतदान अधिकृतको हस्ताक्षर बिनाको २० वटा मत पत्र बढी देखिए पछि दलहरु बीच विवाद भएको थियो । सो पालिकामा लोसपाका उम्मेदवार राजु चौधरीले निर्वाचन अधिकृत र मतदान अधिकृतको मिलोमतोमा कांग्रेसले निर्वाचनमा धाँधली गरेको आरोप लगाए । अन्य पार्टीका उम्मेदवारले पाएको मत पत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ, उनले भने, मैले पाएको अधिकांश मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नै छैन ।
त्यसकारण यो कुनै षडयन्त्र हो, गलत नियतले यस्तो गरेको छ ।’ यो समस्या समधान नभए आफू अदालत जाने चेतावनी समेत उनले दिए । कांग्रेसका युवा नेता प्रवेश चौधरीका अनुसार स्थगित गरिएको मतगणना सुचारु गर्न दलहरु बीच अहिले छलफल भइरहेको छ । यसैबीच, धनुषाको बटेश्वर गाउँपालिकामा पनि बिहानैदेखि स्थगित गरिएको मतगणना कार्य दिउँसो २ बजेबाट मात्रै सुरु भएको छ । वटेश्वर गाउँपालिका–२ को मतगणना भइरहेको बेला २ सय ५० मत पत्र गणना भए पछि दलहरु बीच विवाद भएको थियो । २ सय ५० वटै मत पत्रमा कांग्रेसले मत पाइए पछि अन्य दलहरुले शंका गरेका थिए ।
तर पछि निर्वाचन अधिकृत उद्धव ढोडारीले अस्वधानी र लापवाहीले एउटै मत पत्र दुई चोटी गणना हुन पुग्दा यस्तो भएको र दलहरुसँग माफी मागेपछि पुनः मतणना सुरु भएको जनाइएको छ ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s