बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम आउन थालेको छ । मधेश प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये कयौं स्थानीय तहको मत परिणाम घोषणा भइ रहेको अवस्थामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका श्रीमतीदेखि नेपाली कांग्रेसका सभापतिहरु भने संघर्षरत रहेको पाइएको छ ।
मुख्यमन्त्रीका श्रीमती जलेखा खातुन पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकावाट उप–प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । तर यो समाचार तयार पार्दासम्म खातुन नेपाली कांग्रेसकी वविता सिंहवाट पछाडि परेकी छन् । सिंहले १५ सय ५० मत ल्याएकी छन् भने खातुन १२ सय २९ मत ल्याएकी छन् । तर, उनी अग्रता प्राप्त गर्न सक्ने सम्भावना कमजोर रहेको जानकारहरु बताउँछन् । त्यस्तै मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको पनि अवस्था कमजोर छ । पर्साका पटेर्वा सुगौली गाउँपालिकाका प्रमुखमा उम्मेदवारी दिएका उनी पनि आफ्ना प्रतिद्वन्दीसंग संघर्षरत रहेको अवस्था छ । एक महानगरसहित तीन उप–महानगर रहेको मधेश प्रदेशमा नेपाली कांग्रेसका सभापतिहरुको पनि अवस्था दयनीय छ । उनीहरु पनि स्थानीय तहको निर्वाचनमा संघर्षपूर्ण यात्रा गरिरहेका छन् । कलैया उप–महानगरपालिकामा गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवलाई नेकपा एमालेका उम्मेदवार विनोद प्रसाद साह भने पछाडि पारेका छन् । सभापति यादवले ३५ सय ६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार साह ६२ सय ८४ मतले अग्रस्थानमा छन् ।
त्यस्तै लोसपाका उम्मेदवार जयप्रकाश तेली १ सय ७२ मतसहित तेस्रो स्थानमा छ । ८ वटा जिल्ला रहेको यस मधेश प्रदेशमा नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति तथा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुखका उम्मेदवार योगेन्द्र पञ्जियारको अवस्था पनि दोस्रो स्थानमा नै रहेको छ । उनलाई पनि नेकपा एमालेका उम्मेदवार सुखदेव यादवले पछाडि पारेका छन् । पञ्जियारले १८ सय ५० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार यादवल २१ सय ९० मत सहित अग्रता कायम गरेका छन् । हुनत उनलाई प्रमुखको टिकट प्राप्त गर्नमानै जटिलताको सामना गर्नु परेको थियो ।पछिल्लो मत गणना अनुसार शुरुमा अग्र देखिएका पञ्जियारको अवस्था दोस्रो स्थानमा झरेको छ । यसभन्दा अघि उनी क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुखमा विजयी भएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका अर्का सभापति रामचन्द्र यादवको अवस्था पनि दोस्रो स्थाननै रहेका छन् । उनलाई पनि नेकपा एमालेका उम्मेदवार शिवशंकर महतोले पछाडि पारेका छन् । कांग्रेसका उम्मेदवार यादवले ३५ सय ६७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार महतोले ३७ सय ८१ मत प्राप्त गरी पहिलो स्थान ओगटन सफल देखिएका छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी २५ सय ६८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका सभापतिहरुको अवस्था दोस्रो छ भने मुख्यमन्त्रीका श्रीमती र स्वकीय सचिवको अवस्था भने त्यस्तै देखिएको छ ।
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=3s