अपडेट 
२०७९ जेष्ठ ४, बुधबार ०८:१४

कलैया । लोकतान्त्रिक समाजवादी पार्टीको मधेश प्रदेशका संसदीय दलका नेता एवम् निवर्तमान भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको पालिकामा नेकपाएमालेले कब्जा गरेको छ ।

सो पालिकामा लोसपा यस अघि निर्वाचित भएको थियो । परवानीपुर गाउँपालिकामा एमाले जिते संगै पार्टीको खाता पनि खुलेको छ । अध्यक्ष पदको उम्मेदवार रामक्षेत्री पटेल र उपाध्यक्ष पदको उम्मेदवार सुगन्धी देवी कानु विजयी भएका छन् । क्षेत्रीले २ हजार ९ सय १७ मत प्राप्तगरेको छ भने उपाध्यक्ष कानुले ३ हजार २ सय ३२ मत प्राप्त गरिन् । लोसपाका जयनारायण महतो दोस्रो स्थानमा २ हजार ४ सय ४३ मत प्राप्त गरे भने उपाध्यक्ष साबित्री देवीले २ हजार ३ सय ८७ मत ल्याएकी छन् । त्यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसका लालबाबु यादवले २ हजार ४ सय २६ मत र उनको उपाध्यक्ष कुरान नेसा खातुनलाई २ हजार १ सय ९४ मतमा चित बुझाउनु परेको छ । वडानम्बर १ मा नेपाली कांग्रेसका चोकट महतो, वडा नम्बर २ मानुरु लहोदा अंसारी, वडा नम्बर ३ मा जसपाका ईब्रेहिमिया, वडा नम्बर ४ मा लोसपाका गंभीरा पटेल र वडा नम्बर ५ मा जसपाका रामेश्वर पटेलले जितेका छन् ।

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=3s

Comment


Related News

Latest News

Trending News