अपडेट 
२०७९ जेष्ठ ४, बुधबार १४:५२

नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण धाँधली भएको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको आरोप सचिव लगाए छन । मधेस प्रदेशका अधिकांश जिल्लामा काँग्रेसलगायत सत्तापक्षले आफ्नो अनुकूल निर्वाचनमा खटेका कर्मचारी, सुरक्षाकर्मीसमेतलाई दुरुपयोग गरेको उनको महासेठको आरोप छ । ​उनले रौतहट, सर्लाही, धनुषाको नगराईन, धनौजी, मिथिला विहारी नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, महोत्तरी, पर्सा, सिरहा, सप्तरलगायत दर्जनौँ स्थानमा काँग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परकोलगायतको आरोप लगाएका छन ।

महासेठले, नेपाली काँग्रेसको गठबन्धन सरकारले अविल्मव यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हनुे बताउनुभयो ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g

Comment


Related News

Latest News

Trending News