जनकपुरधाम । राम कथा वाचक मोरारी बापू जनकपुरधाम आउने भएका छन् ।
उनी जेठ ७ गते जनकपुरधाम आइपुग्ने रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष रामरोशन दासले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार मोरारी बापूद्वारा यही जेठ ८ गतेदेखि श्री रामकथा प्रवचन दिने कार्यक्रम रहेको छ । ८ गतेदेखि सुरु हुने रामकथा सात दिन १५ गते सम्म चल्ने जनाइएको छ । यस कार्यमा स्थानीयवासीहरुको साथ् सहयोग, सुझाव, सल्लाह तथा मार्गदर्शनका लागि सदैव आकांक्षी रहने दासले बताए । प्रवचन कार्यक्रम ७ गते शनिबार साँझ ४ बजे देखि ७ बजे सम्म हुने भएको छ । त्यस्तै जेठ ८ गते आइतबारदेखि १५ गतेसम्म बिहान १० बजे देखि १ :३० बजे सम्म हुने जनाइएको छ भने प्रसाद (भोजन) वितरण गरिने बताइएको छ ।
उनका साथ रामानन्द सागरद्वारा निर्मित रामायण सिरियलमा सीताको भूमिका निर्वाह गरेकी दीपिका चिखलिया पनि जनकपुरधाम आउने भएकी जानकारी समेत आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको छ । बापुको कार्यक्रमका लागि स्थानीय तिरहुतिया गाछीमा भव्य पण्डाल सहितका तयारी भइसकेको छ ।