२०७९ जेष्ठ ५, बिहीबार ०७:३२

महोत्तरीको भंगहा नगरपालिकामा बुधबार साँझबाट रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन् ।

निर्वाचन कार्यालयले भंगहा –८ को मतपरिणाम सार्वजनिक गर्दा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले मतगणनामा अवरोध गरेको हो । भंगहा नगरपालिकामा – ८ मा ७ सय ५५ मत प्राप्त गरी ६ मतान्तरले जनता समाजवादी पार्टीका सरिफ राईनले निर्वाचन जितेको निर्वाचन कार्यालयले घोषणा गरेको थियो । कांग्रेसले धाँधली गरेर राईनलाई जिताएको आरोप लगाउँदै मतगणना अवरुद्ध गरेको छ । कांग्रेसका राम राउतले ७ सय ४९ मत प्राप्त गरेका निर्वाचन कार्यालयका अधिकृत अर्यालले जनाएको छ । कांग्रेसले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुनःमतगणना गर्नुपर्ने अडान राखेको छ ।भंगहाका निर्वाचन अधिकृत केशवप्रसाद अर्यालले लगातार गणना सुरु गर्ने प्रयास गरिरहदा पनि अहिलेसम्म मतगणना सुरु हुन् सहमति नजुटेकाले गणना सुरु हुन नसकेको जानकारी दिए । मतगणना सकिएपछि आफ्ना प्रतिनिधिलाई नदेखाई र बिना सहमति मत परिणाम सार्वजनिक गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए ।

भंगहामा नगरस्तरीय सर्वदलीय बैठक बसेर त्यसको समाधान गर्न कांग्रेस नेताहरु लागिरहेको उनले बताए । विवादपछि मंगलबार साँझ ६ बजेबाट मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट राति १२ बजेसम्म बसेको सर्वदलीय बैठकले बिहीबार बिहान ८ बजेबाट गणना सुरु गर्ने मौखिक सहमति गरेको भए पनि बिहीबार त्यो सहमति मान्न् दलहरु तयार नभएपछि पटक पटक बसिरहेको सर्वदलीय बैठकबाट सहमति नजुट्दा गणना सुरु हुन नसकेको अधिकृत अर्यालले बताए ।

Comment


Related News