२०७९ जेष्ठ ५, बिहीबार ०७:३६

वीरगञ्ज ।मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राजेशमान सिंहले १४ हजार ५ सय ब्यासी र उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले ७ हजार तीन सय उन्नासय मत प्राप्त गरेका छन् ।

सिंहले दोब्बर मतले अग्रता लिएका छन् । सिंह र सरावगीको मत फराकिलो हुन थालेसँगै एमालेका नेताहरु जितप्रति सशंकित भएका छन् ।निवर्तमान मेयर सरावगी यस अघि जसपाबाट नै मेयर चुनिएका थिए । तर उनले फेरि टिकट पाउने संभावना कमजोर देखेपछि एमालेमा प्रवेश गरी सूर्य चिन्हबाट मैदानमा उत्रेका हुन् । सिंह पाँच दलीय गठबन्धनबाट जसपाको उम्मेदवार हुन् । सरावगीलाई लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले समर्थन गरेको छ । कलैया उपमहागनरपालिकामा नेकपा एमालेका विनोद साहले गठबन्धनका उम्मेदवार राजेशकुमार रायलाई झण्डै ५ हजार मतले पछाडि पारेका छन् । साहले १३ हजार ९ सय २७ मत प्राप्त गरेका छन् । यादवले ९ हजार ३ सय ५५ मत पाएका छन् । त्यसैगरी उपमेयरमा एमालेकी रौशन प्रवीणले १० हजार ३ सय ३१ मत पाएकी छन् । गठबन्धनबाट उपमेयरमा जसपाका प्रमोद गुप्ताले ९ हजार ८ सय ३७ मत पाएका छन् ।

तर लोसपाको अवस्था लज्जास्पद छ ।लोसपा मेयरका उम्मेदवार जयप्रकाश साहले ४ सय ३१ र उपमेयरकी उम्मेदवार नासरिन नाजले ५ सय २१ मत मात्र पाएका छन् । तर जितपुर सिमरा उपमहानगरपािलकामा गठबन्धनबाट उम्मेदवार रहेका राजन पौडेलले १८ हजार ४ सय २९ र उनका प्रतिद्वन्दी एमालेकी सरस्वती चौधरीले १७ हजार ३ सय २१ मत पाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ५ हजार ६१ र उनका प्रतिद्वन्दी शिवशंकर साहले ३ हजार २ सय ३१ मत पाएका छन् ।मनोज कुमार चौधरीले १ हजार ४ सय ८८, बलराम महतोले १ हजार ४ सय ८ र लालकिशोर साहले १ हजार २ सय ८३ मत पाएका छन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News