२०७९ जेष्ठ ५, बिहीबार ११:१०

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम अहिले जारी छ ।

विहीवार बिहान १० बजेसम्म देशभरका ५५६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा कांग्रेस सबैभन्दा धेरै पालिका जित्दै अग्र स्थानमा छ । कांग्रेसले अहिलेसम्म २४९ स्थानीय तहको प्रमुख जितेको छ भने ७४० स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमालेले यो निर्वाचनमा हालसम्म १५९ स्थानीय तहको प्रमुख जितेको छ । मतगणना चलिरहेका ३९ पालिकामा एमालेले अग्रता कायम राखेको छ ।

माओवादी केन्द्रले अहिलेसम्म १०४ स्थानीय तहको प्रमुख जितेको छ । १३ पालिकामा उसले अग्रता कायम राखेको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १० स्थानीय तहको प्रमुख जितेको छ । ९ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ स्थानीय तहको प्रमुख जितेको छ भने २० स्थानीय तहमा अग्रता कायम गरेको छ । त्यसैगरी सार्वजनिक परिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १ स्थानमा जितेको छ । यस्तै उसले ११ स्थानीय तहमा अग्रता कायम गरेको छ ।
स्वतन्त्र, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी लगायत अन्यले अहिलेसम्म १९ स्थानीय तहमा जितेका छन् भने १४ स्थानमा अग्रता लिइरहेका छन् ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News